
काभ्रेकी चेली गायिका सरु गौतम पछिल्लो समय श्रोता तथा दर्शकमाझ निकै स्थापित भएकी छिन् ।
एकपछि अर्को गर्दै उनको गायन शैलीले स्रोतालाई लठ्याँदै लगेको छ ।दर्जनौं कर्णप्रिय गीतहरु श्रोतामाझ पस्किसकेकी उनको केही दिन अघि साइला मेरो साइला बोलको गीत सार्वजनिक भएको छ । हेमन्त रानाको साइली बोलको गीतको जवाफ जस्तै बुझिने उनको पछिल्लो वर्तमान सन्दर्भमा सान्दर्भिक र मार्मिक गीतमा ज्ञानेन्द्र कोइरालाको शब्द,मात्रिका पौडेलको निर्देशन र टंक बुढाथोकीको संगीत संयोजन छ । बैदेशिक रोजगारीमा गएका साइला र उनको अभावमा झेल्नु परेको पीडा गीतमार्फत प्रस्तुत गर्ने जमर्को गरिएको गायिका गौतमले बताइन् । विदेशिएको पतिलाई चाँडै फर्किन आउन आह्वान गरिएको गीतमा खुशी फर्काउन भनिएको छ । उनको त्यो गीत अहिले निकै चर्चित बनेको छ । डेढ लाख भन्दा बढी भियुज युट्युबमा पुगेका छन । सबैलाई उक्त गीत सुन्न र युट्युब मार्फत् हेर्न पनि गायिका गौतमले आग्रह गरेकी छिन् ।