
रङ्गहरूको चाड होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व घरपरिवार९साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
यसैविच होलि पर्ब नजिकिदै गर्दा विभिन्न म्युजिक भिडियोहरु बजारमा आउने क्रम जारी छ । यसैमध्ये पछिल्लो समयका व्यस्त गायक तथा संगीतकार टंक बुढाथोकीको सुमधुर आवाज रहेको होलीमा होलीमा बोलको गीत तथा भिडियो सार्वजनिम भएको छ । रचनाकार उषा किरन अधिकारीको शब्दमा तयार गीतमा गायक स्वयं टंक बुढाथोकीकै अब्बल संगीत रहेको छ ।
यस गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा नायक तथा
निर्देशक शोभित बस्नेत नायक सबिन श्रेष्ठका साथमा अन्य कलाकारलाई देख्न सकिन्छ । भिडियोमा कोरियोग्राफी बिस्वानाथ राजबंशी, छायांकन रामेश्वर कार्कीको रहेको छ भने सम्पादन बिकाश धमलाको रहेको छ हेर्नुस् भिडिय >
https://www.youtube.com/watch?v=VkJuhbYN91E