रेखा दाहाल बनेपा नगरपालीकाको लागि उप प्रमुख कि उम्मेदवार हुन् । विद्यार्थी जीवनवाट अखिलको राजनीतिमा सकृय दाहालले राजनीतिक जीवजमा संघर्षमय जीवन विताउनु भएको छ । उप प्रमुख पदका लागिे चुनावि अभियानमा होमिनु भएको दाहाल आम नगरबासिहरुको आशाको केन्द्र बन्नु भएको छ । उर्जाशिल यूवा महिला उम्मेदवार उपप्रमुख जस्तो जिम्मेवार पदमा नेकपा एमालेले उम्मेदवार बनाएपछि उहाँ चुनावी अभियानमा सक्रिय हुनु भएको छ । २०४२ साल फागुन २९ गते काभ्रेको रयालेमा जन्मनु भएकी दाहाल परिवारको कान्छो सन्तान हुनुहुन्छ । बुबा धुर्व्र सापकोटा र आमा सुभद्रा सापकोटाकी कान्छी छोरी रेखा श्री पद्यम शान्ती निकेतनबाट एसएलसी, तेजगंगा बहुमुखी क्याम्पस पनौतीबाट प्लस टु र चैतन्य बहुमुखी क्याम्पस बनेपाबाट ब्याचलर गरी हाल मास्टर डिग्री तहमा अध्ययनरत हुनुहुन्छ । साविक उग्रचण्डी गाविसमा २०६२ सालमा वैवाहिक जीवन शुरु गरी कर्मथलो बनाएकी दाहालका १० बर्ष र ६ बर्षका दुई छोरा छन् । हरेक स्थानीय तहमा गाँउपालिका वा नगरपालिकाको प्रमुख वा उपप्रमुख मध्ये एउटा पदमा महिला उम्मेद्धार उठाउनुपर्ने संवैधानिक व्यवस्था छ । दाहालले आफु लामो समय देखि एमालेको राजनितिमा सक्रिय रहेकाले आम महिलाहरुको पक्षमा तथा समग्र बनेपा नगरबासीहरुको हितका लागि आफ्नो पक्षमा बहुमत आउने दावी गरिन् । जुझारु महिला नेतृ दाहालसँगको कुराकानीको सारसंक्षेपः–
बर्तमान राजनीतिक अवस्थालाई कसरी हेर्नु भइरहेको छ ?
मुलुक पुरातन पद्दतीबाट फड्को मारेर समुन्नत समानता सहितको सम्बृद्ध समाज बनाउने अभियानमा पुगेको छ । त्यसको महत्वपूर्ण जिम्मेवारी अहिले हामीमा आएको छ । हामी संघिय लोकतान्त्रिक, गणतन्त्रात्मक शासन ब्यवस्थाको अभ्यास गरिरहेको छौ । प्रतिस्पर्धा लोकतान्त्रिक राजनीतिक परिपाटिको बिकासको लागि आवधिक निर्वाचन प्रणाली जरुरी हुन्छ । देशमा स्थानीय विकासहरु झण्डै २० बर्ष देखि जनप्रतिनिधि विहिन अबस्थामा संचालित रहे र जहाँनिय राणा शासनको अन्त्य पछि प्रजातन्त्र, बहुदलिय प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्र सम्मको विभिन्न कालखण्डहरुमा नेपाली जनताहरु आफ्नो शासन व्यबस्था सञ्चालनको विधि आफै बनाउने अधिकारबाट वञ्चित रहे ।
६ दशक लामो संघर्ष र बलिदानबाट आज जनताको छोराछोरीहरुले आफ्नो संविधान आफैले बनाई जारी गरेको अबस्था छ । यसको कार्यान्वयनको लागि स्थानिय तह, प्रदेश र संघको निर्वाचन जरुरी छ । स्थानीय तहको निर्वाचनमा आज मुलुक अगाडि बढिरहेकोे छ । यसलाई संम्पन्न गर्नुको विकल्प छैन र महेन्द्रमाला पथमा स्थानीय संरचनाहरु विघटन भएका छन् । संघिय लोकतान्त्रिक शासन पद्दति अनुसारका स्थानिय तहहरु कायम भएका छन् । अब जिल्लाको सम्रग प्रशासन व्यबस्था र विभिन्न सेवा प्रवाह लगायतका क्रियाकलापहरु परिवर्तन सन्दर्भ र प्रचलित कानुनी व्यबस्था अनुसरण गदै अगाडी बढ्छन । नेपाल सरकारले स्थानिय तहमा सम्पादन हुने क्रियाकलाप र सेवा प्रवाहलाई निरन्तरता दिन सुचारु राख्न स्थानिय तहको शासन सञ्चालन सम्बन्धि आदेश २०७३ जारी गरी कार्यान्वयनमा ल्याएको छ । स्थानिय तहको बिकास निर्माणका आदेश बमोजीम निरन्तर अगाडी बढ्दै छन् ।
मुलुक लामो समयको द्धन्द्ध पछि शान्ति प्रकृयामा प्रबेश गरेको छ । अबको आबश्यकता आर्थिक क्रान्ति राष्ट्रियताको संरक्षण, प्रबद्र्धन सहितको स्वतन्त्र आत्मनिर्भर, स्वनिर्भर स्वाधिन अर्थतन्त्रको निर्माण गर्नु गरिवि, अशिक्षा, भोकमरी, जातिय उत्पिडन र वर्गिय शोषणको अन्यमा गर्नु हो । समाज रुपान्तरणको दिशामा अगाडि बढ्नु हो । हालका दुस्मन भनेको गरिवि अशिक्षा आर्थिक पछौटेपन, परनिर्भरता समाजिक कुरिति, पतिनिर्भरता सामाजिक कुरिती, अन्धबिश्वास र गरिवीको कहाली लाग्दो दुश्य नै हुन् । हामीले उत्पादन बृद्धि गरी आयात प्रतिस्थापन निर्यात बृद्धि आर्थिक क्रान्ति गर्नु पर्ने समय आएको छ । मुलुकबासीको अरु नै चाहना हुन्छ । युद्ध होईन, आर्थिक सामाजिक रुपमा पछाडि पारिएका बर्ग र समुदायलाई आर्थिक, सामाजिक सुशासनको संयन्त्र मार्फत मूल प्रवाहमा सर्मा्हित गर्नु नै आजको आवश्यकता हो । यही समयको बोध हो बर्तमान राजनीीत यीनै आकाक्षालाई परीपुर्ती गर्नका लागि जनप्रतिनीधि छान्ने समय हो । संविधानको रक्षा गर्दै समुन्नत नेपाल बनाउने अभियान चलिरहेको अवस्थाको रुपमा बर्तमानलाई मैले बुझिरहेको छु ।बनेपा नगर सम्वृद्ध बनाउने अभियानमा यहाँले उम्मेदवारी दिनु भएको छ, कसरी बन्छ बनेपा नगर ?
समाजमा न्याय पूर्ण व्यबस्था कायम गर्न मुलुकमा उपलब्ध स्रोत साधनको पारदर्शी र यथोचित वितरण प्रणाली अबलम्वन गरी सामाजिक न्यायको आधारमा कुनै पनि व्यक्ति वा वर्ग नभनी आर्थिक क्षेत्रमा प्रगति गर्न सक्यौ भने समाजमा हुने सयौ द्धन्द व्यबस्थापन हुदै जानेछन । कमजोर असाहय व्यक्तिले अन्यायमा परेको महसुश गर्ने वाताबरणको अन्त्य गरिनु पर्छ । पछाडि पारिएका वर्ग र समुदयलाई अगाडि ल्याउन आर्थिक समाजिक बिकासका कार्यलाई अगाडि बढाउनु पर्छ । समाजमा सबैले आफु मुल प्रवाहमा समाहित भएको महशुस गर्ने वाताबरण सृजना गर्न सक्यौ भने द्धन्द्ध व्यबस्थापन भएर जानेछ । हामी बनेपा नगर भित्र रहेका शहर र गाउँका आवश्यकतालाई पहिल्याई सँगसँगै अगाडी बढाउने अभियानमा छौ । यसका लागि हामीसँग स्पष्ट भिजन छ । काम गर्न सक्ने आँट छ हामी योजनावद्घ ढँगले हाम्रो नगर विकासका लागि योजना बनाई जनताका बिचमा गइरहेका छौ । जनताले हाम्रो योजनालाई अनुमोदन गरे हामी नगरलाई छिट्टै समुन्नत बनाउने छौ ।महिला नेतृ हुनुहुन्छ ? महिलाहरुका पक्षमा कस्ता योजना छन् ?
महलिाहरुको पक्षमा मैले निकै केहि महत्वपूर्ण योजनाहरु अगाडी सारेको छु । महिला शशत्तिकरण, महिलाहरु माथि हुने हिसां अन्त्यका लागि शुन्य सहनशिलता लगायतका कुराहरु, महिलाहरु चुल्हो चौकामा मात्र सिमित हुनुपर्छ भन्ने मान्यतालाई यो निर्वाचनले चिर्दैछ । यही निर्वाचनमा हुने उम्मेदवारीलाई हेर्दा पनि तपाई बुझ्न सक्नु हुन्छ । निर्वाचनमा पुरुष आकाक्षीहरु कति धेरै छन् तर महिलाहरुको सवालमा अझै पनि उम्मेदवारी खोज्नु पर्ने अवस्था छ अब अर्को निर्वाचनमा त्यो हुने छैन । किनकि अब महिलाहरु हरेक सवालमा अघि वढ्ने छन् तालिमहरु महिलाका लागि हुनेछन् । महिलाका हरेक समस्याहरु ढुक्कका साथमा हरेक फोरममा राख्न सक्ने वनाउने छु । अहिले रहेको विधमान समस्या भनेको महिला विरुद्ध हुने हिंसा नै हो । जसको कारण अशिक्षा र पुरुष निर्भरताको कारण हो । मैले बनेपा नगरको उप प्रमुखमा जितेपछि नगरका सवै नारीहरुलाई विभिन्न सचेतना मुलक कार्यहरुमा अगाडि वढाउने छु । महिलाहरुलाई शिक्षाको क्षेत्रमा प्लस टु सम्म निशुल्क शिक्षा प्रदान गर्न निति नै वनाएर लाग्ने छु । महिला हिंसाप्रति शुन्य सहनसिलताको निति नगरले लिने छ । एकल महिलाहरुको लागि निशुल्क तालिमको व्यस्थापन गरी रोजगारीमा लगाउन आवस्यक निति अवलम्वन गर्नेछु । महिलाहरुलाई प्रदान हुँदै आएका राज्यका सहयोगहरुलाई दोब्बर बनाउन पार्टी मार्फत सरकारसँग लविङ्ग गर्नेछु ।अरु पार्टिहरु भन्दा तपाँईहरु कसरी फरक हुनुहुन्छ ?
हाम्रो पार्टी नेकपा एमाले जनताको वहुदलिय जनवादमा विश्वास गर्ने पार्टी हो । हाम्रो पार्टीले समाजलाई भाँड्ने हिंसामा धकेल्ने तथा समाजलाई पुरातन अवस्थामा राखि राख्ने कुराको विरोध गर्दछ । हाम्रो पार्टीका कार्यक्रमहरु हेर्न सक्नुहुन्छ कति जनप्रिय छन् र अग्रगामी छन् । आज सम्मका सरकारहरुले अपागंका पक्षमा, महिलाका पक्षमा कसैले सोचेर नीति र कार्यान्वयनका लागि योजनावद्ध्र निर्णय कसैले गरेको छ भने त्यो नेकपा एमालेले नै गरेको छ । राष्ट्रियता र जनजिविकाको सवालमा नेकपा एमालेको नीति नै अहिलेसंम्म उत्कृष्ट वनिरहेको छ । अहिले पनि एमालेका नीति चोरेर चुनावि भाषण गर्नेको कमि छैन्न । यो समाजलाई व्यवस्थित निकास र विकास गर्ने तागत नेकपा एमाले मै छ र जनताको जनलहर र विश्वास पनि एमाले मै छ यसबाट पनि तपाई हमी र अरु बिच फरक छुट्याउन सक्नु हुन्छ त्यो भनिरहनु पर्ने कुरा पनि हैन आफै देखिएको कुरा हो । न त हामीले समाजलाई जातियताको सपना बाँडेका छौ । न त हामीले क्षेत्रियताको पक्षमा विभाजित गरेका छौ । हामी पुरातन कुराहरुको पक्षमा पनि छैनौ हामी अग्रगामी निकासका लागि जिम्मेवारी पुर्वक प्रस्तुत भइरहेका छौ नेपाली जनताले त्यो कुरा महशुस गरिरहेका छन् ।चुनावी माहोल कस्तो छ त ?
निश्चय पनि हामी गाउँ टोल गईरहेका छौ । जनताको विचमा पुग्दा यत्तिखेर आम मानिसहरु हामीलाई विजयको माला पहि¥याउन आतुर देखिन्छन् । राष्ट्रियता र जनजीविकाका सवालमा उनीहरुले आश र भरोसा गरेको पार्टी नेकपा एमाले भएको उद्घोष गरिरहेका छन् । हाम्रो अभियानमा विभिन्न पार्टी भित्र रहेका परिर्वतनका संवाहक नेता कर्यकर्ताहरुले समर्थन गर्दै पार्टी प्रवेश गरिरहनु भएको छ । बर्तमान अवस्थामा नेकपा एमालेको बनेपा नगर भित्र पार्टी प्रवेशको जुन लहर चलिरहेको छ त्यसबाट पनि हामी जुन अवस्थामा अघि बढिरहेका छौ स्पष्ट हुन्छ । हाम्रो बर्तमान अवस्था एकदम राम्रो भईरहेको छ ।अन्त्यमा पत्रिका मार्फत के भन्न चाहानुहुन्छ ?
यो निर्वाचन धेरै समयपछि हामीले हाम्रो अधिकार सुनिश्चित गर्ने अवसर हो । यो समयमा विविध व्यक्तिहरु मतदाता प्रभावित गर्न आउन सक्छन् मतदान गर्दा कुन पार्टीको नीति सही छ कुन पार्टीले जनताको पक्षमा निर्णय गरिरहेको छ कुन पार्टीले जनताका दैनिक जिवन यापनमा सुधार गर्ने प्रयत्न गरिरहेको छ स्पष्ट सोच्न अनुरोध गर्न चाहान्छु । यस पटकको निर्वाचनमा म उप प्रमुख पदमा उठेको हुँदा म र मेरो पार्टीलाई माया गरी मतदान गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु ।
