
धुलिखेल,नेकपा एमाले र माओवादी केन्द्र एकता भई नेकपा गठन भएको खुशीयालीमा नेकपाका कार्यकर्ताहरुले धुलिखेलमा दिपावली गरेका छन् ।
दिपावलीमा उपस्थित भएका नेता तथा कार्यकर्ताहरुले राष्ट्रको समृद्धिको महान अभियानको नेतृत्वका लागि तयार हुने केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई धन्यबादका साथ शुभकामना दिएका थिए । दिप प्रज्वलनमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताका साथै सर्वसाधारण समेत स्वतस्फुर्त सहभागि भएका थिए । दिपावलीलाई कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगरपालिकाका प्रमुख तथा नेकपाका नेता अशोक व्याञ्जुले नेपालको कम्युनिष्ट धुव्रीकरण तथा एकताले विश्वमा नयाँ तरंग पैदा गराएको बताएका थिए ।