काभ्रेका नदी र खानीजन्य उद्योगहरु मापदण्ड बिपरित

धुलिखेल, काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेका नदीजन्य तथा खानीजन्य उद्योगहरुले सवै मापदण्डहरु पुरा नगरेको पाइएको छ । जिल्लाको नदीजन्य पद्धार्थ संकलन र उपयोग तथा खानीजन्य उद्योगहरुको जिल्लास्तरीय अनगुमन गर्न बनेको कार्यदलले तयार गरेको प्रतिवेदन अनुसार जिल्लामा सबै मापदण्ड पुरा गर्ने एउटा पनि उद्योग नभएको पाइएको बताईएको छ ।

जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाईको अध्यक्षतामा नौ सदस्यीय काययदल गठन गरि अनुगमन गरिएको थियो । जिल्लाका १३ वटै पालिकामा रहेका ४८ वटा नदिजन्य तथा खानीजन्य उद्योगहरुमध्ये ४२ वटामा गरिएको अनुगमनमा मापदण्ड बिनै नदी तथा खानीजन्य उद्योगहरु सञ्चालनमा रहेको पाइएको हो । प्राय उद्योगहरुले सिमाना छुट्याउनको लागि तारबार नलगाएको, वृक्षारोपण नगरेको, क्रसर उद्योगको सम्पुर्ण विवरण राखि होर्डिङ र्बोड नराखेको, निजि जग्गा भनेर व्यवस्थापन नगरेको, कार्यलयमा आफ्ना कागजपत्र हरु नराखेको, उद्योगमा कार्यरत कर्मचारिहरुको तथा मेसिनको विमा नगरेको पाइएको छ । कतिपय उद्योगले खानीको इजाजत नलिएको हुँदा क्रसर संचालनको इजाजत दिनुपुर्व वा संगसंगै खानीको पनि इजाजत लिने व्यवस्था हुनुपर्ने सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार, केहि उद्योगले साँझविहान नदी खोलाबाट समेत अनाधिकृत रुपमा उत्खनन गरी क्रसर संचालन गरेको हुँदा यस विषयमा गम्भिर हुनुपर्ने देखिएको बताईएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले आन्तरिक श्रोतको नाममा जथाभवी उद्योग सञ्चालन गरेर सामान्य मापदण्ड पनि पुरा नगर्ने उद्योगहरुलाई कारवाहि गरिने बताए । अब उद्योगहरु यत्तिकै अवस्थामा चल्न नपाउने र कस्ता खाले कारवाहि गर्ने भन्ने विषयमा छलफल गरि अघि बढ्ने गौतमले बताए । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्रतिवेदनको अध्ययन पश्चात सुझावमा आएका मापदण्ड पुरा नभएसम्म सञ्चालन गर्न नदिने जानकारी गराएकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *