
निर्वाचनको मिति नजिकिँदै गर्दा काभ्रे जिल्लामा पनि राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । विशेष गरी एमाले माओवादी केन्द्रको गठबन्धन भएसँगै उनीहरु जिल्लाका २ प्रतिनीधि सभा र ४ प्रदेश सभा नै जित्ने तयारीमा जुटेका छन् ।
लगभग वाम गठबन्धनबाट प्रतिनीधि सभा २ र प्रदेश सभा १ ख २ क र ख एमालेले र प्रतिनीधि सभा १ र प्रदेश सभा १ क माओवादी केन्द्रले पाउनेगरी सहमति भएसँगै उनीहरु अफ्नो पक्षमा नतिजा ल्याउन लागि परेका छन्
प्रतिनीधि सभा २ मा एमालेका युवा नेता गोकुल बाँस्कोटा र १ मा माओवादी केन्द्रका नेता सूर्यमान दोङ उम्मेदवार बन्ने पक्का भएको छ । प्रदेश सभाका लागि जिल्ला बाट सिफारि भएका मध्ये योग्य उम्मेदवारलाई टिकट दिलाई सबै क्षेत्र बाम गठबन्धनको पोल्टामा पार्नेगरी नेताहरु लागि परिेका छन् । कांग्रेस गठबन्धनबाट उम्मेदवारी नटुंगिनु, सयौको संख्यामा सिफारिश हुनु, सिफारिश भएर उम्मेदवार नबनेकाहरु संन्तुष्ट हुने आधार तयार नहुनु भर्खरै मिसिएिको फोरमका नेताहरुको महत्वकांक्षा बढ्नु, जिल्लाले सिफारिश गरेको क्षेत्र भन्दा बाहिरबाट टिकट ल्याउन नेताहरु लागि पर्नु लगायतका गतिविधिले पनि कांग्रेसलाई चुनाव जित्नु त परै जाओस कार्यकर्ता मिलाउन पनि फलामको च्यूरा चपाउनु सहर भएको अवस्थाले पनि बाम गठबन्धनलाई यो चुनाव बामकिल्ला कायम गराउन सहयोगी सिद्ध भएको जिल्लाको राजनीतिक विश्लेषकहरु बताउन थालेका छन् ।
कस्तो छ क्षेत्र बाँडफाँडको अवस्था ?
जिल्लाको क्षेत्र बाँडफाँड अनुसर प्रदेश सभा क) मा चौरी देउराली गाउँपालिका,
नमोबुद्ध नगरपालिका (वडा नं. ३, ४, ५), तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, रोशी गाउँपालिकाका (वडा नं. ६,७,८,९,१०,११,१२) रहेका छन ।
त्यस्तै प्रदेश सभा ख मा पनौती नगरपालिका वडा नं. ४,५,६,७,८,९,१०, नमोबुद्ध नगरपालिका वडा नं. १,२,६,७,८,९,१०,११, धुलिखेल नगरपालिका वडा नं. ८,९,१०,११,१२, बेथानचोक वडा नं. ६, रोशी गाउँपालिका वडा नं. १,२,३,४,५ र खानीखोला गाउँपालिका समेटिएका छन् । प्रदेश सभाका क र ख का सबै क्षेत्र समेटिएर प्रतिनीधि सभा १ बनेको छ ।
यस्तै प्रतिनीधि सभा २ यो क्षेत्रको प्रदेश सभा क र ख का सबै क्षेत्र मिलेर बनेको छ । जसमा प्रतिनीधि सभा २ को प्रदेश सभा क मा भुम्लु गाउँपालिका, पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका वडा नं. ७,८,९,१०,११,१२, धुलिखेल नगरपालिका वडा नं. १,२,३,४,५,६,७, रहेका छन भने प्रदेश सभा ख मा मण्डनदेउपुर नगरपालिका वडा नं. १,२,३,४,५,६, बनेपा नगरपालिका, पनौती नगरपालिका वडा नं. १,२,३,११,१२, बेथानचोक गाउँपालिका वडा नं. १,२,३,४,५ रहेका छन ।
मतदाता कति ?
पछि छुटमा समेत नाम लेखाएकासहित गरी काभ्रेपलाञ्चोक जिल्लामा जम्मा मतदाता संख्या २ लाख ७२ हजार २ सय ८७ रहेका छन् । जसमध्ये महिलाः १ लाख ३५ हजार ३ सय ९७ रहेका छन भने पुरुषः लाख ३६ हजार ८ सय ८९
तेश्रो लिंङ्गी १ जना रहेका छन् । प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा १ लाख ३३ हजार ७ सय ५५ र प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा १ लाख ३८ हजार ५ सय १२ मतदाता रहेका छन ।
त्यस्तै प्रदेश सभा क्षेत्र नम्वर १ मा ६६,२८३, २ मा ६७,४९२ मतदाता रहेका छन भने प्रदेश सभा क्षेत्र नम्वर ३ मा ६७,२०० र प्रदेश सभा क्षेत्र नम्वर ४ मा ७१,३१२ मतदाता रहेका छन् ।
स्थानीय निर्वाचनको मत परिणाम ?
धुलिखेलमा एमाले ७९८१, माओवादी १६२१ र कांग्रेसले ५४०८ मत ल्याएको छ । यस्तै भुम्लु गाउँपालिकामा एमालेले ३५४८, माओवादीले २३९२ र कांग्रेसकोे २९४९ मत रहेको छ । रोशी गाउँपालिकामा एमालेले २९५७ मत ल्याएको थियो भने माओवादीले २२१९ र कांग्रेसले ४३७२ मत ल्यायो । यस्तै मण्डन देउपुर नगरपालिकामा एमालेले ६२३६, माओवादीले २०२३ र कांग्रेसले ५०७२ मत ल्याएको थियो । यस्तै मोबुद्ध नगरपालिकामा एमालेले ५३४६, माओवादीले ३८६७ र कांग्रेसले ४९६१ मत ल्याएको छ । बनेपा नगरपालिकामा एमालेले ११४०९, माओवादीले १३७० र कांग्रेसले ९६५९ मत ल्यायो । यस्तै बेथाञ्चोक गाँउपालिकामा एमाले २७४१, माओवादी १७४९र कांग्रेस ३८६८को स्थितिमा रहे । पनौती नगरपालिकामा एमाले १२२५६, माओवादी १२३९ तथा कांग्रेस ९१९०, खानीखोला गाउँपालिकामा एमाले २०२३, माओवादी १२०७ र कांग्रेस १११५ को स्थितिमा रहे । यस्तै पाँचखाल नगरपालिकामा एमाले ६८०० , माओवादी ३२७९र कांग्रेस ७३५६ मतमा रहे भने तेमाल गाउँपालिकामा एमाले ३३५९, माओवादीले ३२२६ र कांग्रेसले ३९४९ मत पप्त गरे । महाभारत गाउँपालिकामा एमालेको १२५०, माओवादीको २३४२ र कांग्रेसको २२३६ मत आएको छ भने चौरी देउरालीमा एमालेले २७४१ माओवादीले ३९१४ र कांग्रेसले ३००४ मत पायो । यसअनुसार एमाले एक्लैको जम्मा मत ६८६४७ भएकोमा माओवादी केन्द्रको ३०४४८ जोडिँदा कुल ९९०९५ बामपन्थी गठबन्धन र फोरम राप्रपाको केही सय मत बाहेक कांग्रेस गठबन्धनको कूल मत ६३१३९ रहेको छ ।
बामपन्थीको जित्ने आधार ?

२०४८ साल देखिका प्राय निर्वाचनमा लाल किल्ला बनेको काभ्रे यो पटक पनि लाल किल्ला बन्ने पक्का जस्तै बनेको छ ।
माथि उल्लेखित स्थानीय तहको निर्वाचनमा आएको मतलाई मात्र पनि बाम गठबन्धनले जोगाइ राख्ने हो भने गठबन्धनको जित निश्चित देखिन्छ । पुरानो मतमा केही प्रतिशत बिग्रिए पनि उस्को जित निश्चित भइरहेको बेला पुरानो भन्दा बाम गठबन्धनलाई धेरै मत बढने जिल्लाको पछिल्लो गतिविधिमा देखिएको छ । सामाजिक प्रतिष्ठा भएका कम्युनिष्ट इत्तर रहेका ठूलो संख्यामा कम्युनिष्ठमा प्रवेश हुनु यो गठबन्धनका लागि अर्को सुखद पक्ष हो । त्यसैगरी कांग्रेस गठबन्धनमा राजाबादीदेखि क्षेत्रीय दलसमेत सहभागि हुँदा कांग्रेसका बफादार कार्यकर्तामा पैदा भएको नैराश्यता पनि उनीहरुका लागि थप सहयोगी हुन सक्छ भने टिकटकै लागि हानाथाप गर्ने कांग्रेस नेता कार्यकर्ताको रुष्टता एकले अर्कोलाई सिध्याउने खेल र बागीसम्मका हर्कत पनि बाम गठबन्धनको जितका लागि अर्को महत्वपूर्ण पाटो हुने राजनीतिककर्मीहरु बताउँछन् ।