गुवाभञ्ज्याङ दुर्घटना-११ जना सामान्य घाइते

बनेपा, आईतबार खानिखोलाबाट बनेपा तर्फ आउँदै गरेको वा १४ च ७०७७ नम्बरको बलेरो गाडी बेथानचोक–१ को गुवाभञ्ज्याङमा दुर्घटना हुँदा एमाले नेताहरुसहित ११ जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको छ ।
उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टाएको थियो । उक्त गाडीमा एमाले नेताहरु रामहरी सुबेदी, पूर्व सांसद नविना लामा, एमाले बागमती प्रदेश कमिटी उप सचिव भक्तकुमारी लामा लगायतका १७ जना सवार थिए । दुर्घटनामा ११ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो ।

दुर्घटनामा परी घाइते हुनेमा स्याङ्जा पुतलीबजार–५ की ३६ वर्षीया सिर्जना नेपाली, उनका १३ वर्षीय छोरा शुभम श्रेष्ठ, ५ वर्षीय छोरा सुरज श्रेष्ठ, काभ्रे चौरीदेउराली गाउँपालिका–७ की पूर्वसांसद ४० वर्षीय नविना लामा, खानीखोला गाउँपालिका–५ की ४० वर्षीया रचना मगर, उनकी १६ वर्षकी छोरी इन्जिला सोडारी, दोलखाको कालिञ्चोजक गाउँपालिका–३ की ३२ वर्षीया मिना श्रेष्ठ, सोही ठाउँका ३५ वर्षीय गोविन्द श्रेष्ठ, खानीखोला गाउँपालिका–६ का ३५ वर्षीय दिपेन्द्र राना, पाँचखाल नगरपालिका–१२ की ३५ वर्षीय भक्तकुमारी लामा र बेथानचोक गाउँपालिका–१ का ७४ वर्षीय सिङ्त्तान तामाङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *