अग्रजको कुरा सुन्दै काभ्रे कांग्रेस

धुलिखेल, नेपाली कांग्रेस काभ्रेले शनिवार धुलिखेल नगरपालिकाको सभाहलमा एक कार्यक्रम आयोजना गरी पार्टीका अग्रज नेताहरुसंग सुझाव लिएको छ । अग्रज नेता, जिल्लाका पूर्व पदाधिकारी, जिल्ला सदस्यहरु, २०४९ र २०५४ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित तत्कालिन गाउँ विकास समितिका अध्यक्ष, उपाध्यक्ष, इलाका सदस्यहरुलगायतसँग सुझाव लिएको हो ।

अन्तरक्रिया कार्यक्रममा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले नेपाली कांग्रेस काभ्रे बनाउन चार पुस्ताको योगदान रहेको बताए । कार्यक्रममा संविधानसभा सदस्य हर्षजित लामा, कांग्रेस बाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादेलगायत करिव ४० अग्रज नेताहरुले पार्टीलाई सुझाव दिएको जिल्ला सह–सचिव रबिन्द्रनाथ सिग्देलले जानकारी दिए । कार्यक्रमको अध्यक्षता गरेका जिल्ला सभापति तीर्थबहादुर लामाले काभ्रे कांग्रेस कसरी अघि बढ्ने भन्ने बिषयमा अग्रजहरुको सुझाव र मार्गनिर्देशन लिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *