सरकारको चरित्र बजेटपछि थाहा हुन्छःसिटौला

Krishna-Prasad-Sitaula
बनेपा,नेपाली काग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारको वास्तविकता बुझ्न उसको नीति कार्यक्रम र बजेट आएपछि मात्र सकिने बताएका छन् ।
नेपाल शिक्षक संघको २९ औ स्थापना दिवसको अवसरमा बनेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गदै नेता सिटौलाले अहिले सरकारको विषयमा बोलिहाल्न उपयुक्त नभएको भन्दै बजेट आएपछि मात्रै उसको चरित्र जनताले थाहा पाउने बताए । सँगै नेता सिटौलले राज्यको सेवा सुविधा लिएर जथाभावी बोल्दै नहिड्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह समेत गरे । तपाईलाई कुनै पार्टीले तलब भत्ता दिएको छैन राज्य कोष कै प्रयोग गर्नुभएकोे छ । त्यसैले तपाईको मर्यादामा देशको मर्यादा रहन्छ प्रधानमन्त्रीको बोलिमा देशको बोली रहने भएकाले यस्ता कुरामा ख्याल रहोस् तपाईंलाई शुभकामना छ, सिटौलाको भनाइ थियो ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शिवप्रसाद हुमागाई, जिल्ला सभापति मधु आचार्य, सचिव दिनेश लामा, पूर्व राज्य मन्त्री कचनचन्द्र वादे, नेवि संघका सह महामन्त्री माधव ढकाल, नेपाल शिक्षक संघ ३ नं. प्रदेशका प्रमुख नारायण तिमल्सिना, निवर्तमान अध्यक्ष आश्विन चौलागाईं लगायतले बोलेको कार्यक्रम शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महतको अध्यक्षतामा र सचिव शम्भु घिमिरेको सञ्चालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *