धुलिखेल, नेपाल लेखापढी कानून ब्यवसायी एसोसियसन काभ्रेको १८ औ बार्षिक साधारण सभा बुधबार धुलिखेलमा सम्पन्न भएको छ ।
एसोसियसन काभ्रेका अध्यक्ष रोशनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाकोले भूमि नागरिकहरुको हक भएकाले सरकारले ल्याएको भूमि सम्वन्धी अध्यादेश रोक्न नमिल्ने बताए । लेखापढी कानून ब्यवसायीलाई नागरिकहरुलाई प्रदान गरिने सेवामा सहजता, सरलता र विनम्रता अपनाउन अनुरोध गर्दै उनले नागरिकहरुलाई भूमिको मालिक बनाउनु पर्नेमा जोड दिए ।
संगठनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले राज्य अंहकारी भएकाले नेपाल लेखापढी कानून ब्यवसायीहरुले समस्या भएको बताउदै जग्गा प्रशासन विगार्ने काम राज्यले गरिरहेकाले त्यसको सुधार र समन्वय आवश्यक रहेको बताए । जिल्ला अध्यक्ष रोशनकुमार श्रेष्ठले लेखापढी कानून ब्यवसायीहरुले भोगिरहेका समस्याहरुका बारेमा बोलेका थिए ।
नेपाल बार एशोसिएसनका अध्यक्ष हरिशरण दाहाल, लेखापढी कानून ब्यवसायीका केन्द्रीय महासचिव कृष्णप्रसाद दाहाल, मालपोत कार्यालय काभ्रेका अधिकृत गंगाप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा लगायतले बोलेको कार्यक्रममा कार्यक्रममा एसोसिएसनका सदस्य जिल्ला दोर्जे लामा, सचिव कुमारप्रसाद मैनाली, कोषाध्यक्ष दामोदर बजगाई लगायतले लेखापढी कानून ब्यवसायीहरुले भोगिरहेका समस्या, आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।