आत्महत्या न्यूनीकरण सम्बन्धी अभिमुखीकरण


धुलिखेल, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या न्यूनीकरणमा सञ्चारकर्मीहरूको भूमिका प्रभावकारी बनाउन अभिमुखीकरण कार्यक्रम हिजो आइतबार धुलिखेलमा सम्पन्न भएको छ ।
कार्यक्रममा आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलता, तथ्यमा आधारित प्रस्तुति, पीडित तथा परिवारको गोपनीयताको संरक्षण र सकारात्मक सन्देश प्रवाहका विषयमा विशेष जोड दिइएको थियो । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन तथा समन्वय जनस्वास्थ्य अधिकृत दीपेन्द्रकाजी श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका स्वास्थ्य सेवा प्रमुख डा. भक्तबहादुर के.सी., नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहजीकरण गर्दै जनस्वास्थ्य कार्यालयकी डा. उर्मिला पौडेलले मानसिक स्वास्थ्यलाई अहिलेको समयको गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले आत्महत्या केवल व्यक्तिगत समस्या नभई सामाजिक, पारिवारिक, आर्थिक तथा मानसिक अवस्थासँग जोडिएको जटिल विषय भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *