बनेपा प्रहरीले थाल्यो सचेतना अभियान

 

बनेपा,ईलाका प्रहरी कार्यालय बनेपाले नोभल कोरोना भाईरसका बारेमा सचेतना अभियानसंगै भाईरसका लक्षण र बच्ने उपायका बारेमा पर्चा र निशुल्क मास्क वितरण गरेको छ ।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले नागरिकहरुलाई सचेत गराउने उदेश्यले कोरोना भाईरसका बारेमा जानकारी गराउँदै पर्चा र मास्क वितरण गरिएको बताए । हिजो बनेपा चारदोबाटो चोकमा बनेपा हेल्थ केयरको सहयोगमा सर्वसाधारणको निशुल्क सुगर र प्रेसर जाँच समेत गरिएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रे, स्वास्थ्य कार्यालय काभ्रे, बनेपा हेल्थ केयर प्रा.ली, काभ्रे उद्योग बाणिज्य संघ, किल्न सिटी प्राली, रेडक्रस बनेपा लगायतको सहयोगमा निशुल्क मास्क वितरण गरिएको हो ।

बनेपा हेल्थ केयर प्रा.लि.ले निशुल्क शिविर आयोजना गरी सुगर जाँच, ब्लड प्रेसर जाँच, स्वास्थ्य परामर्श सेवा उपलब्ध गराएको प्रा.लि.का प्रमुख जितेन्द्र थापाले जानकारी दिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक तिमल्सिना, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक विशाल लामा, काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाश पलाञ्चोके, बनेपा–७, का वडा अध्यक्ष वर्ण शाक्य लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *