मणिराम दाहाल,काठमाण्डौ
फिल्मि क्षेत्रको जल्दोबल्दो नाम हो दिपकराज गिरी । काठमाडौको दहचोकमा जन्मनुभएका गिरिको पछिल्लो समय बसोबास भने सिनामंगलस्थित घरमा छ । उनले निर्माण गरेका सबै जसो फिल्म हरुले नेपाली फिल्म बजारलाई नै नया आयाम दियो । पछिल्लो समय निर्माण भएको छक्का पञ्जा तीनले पनि राम्रो व्यापार गर्यो । उनी तितो सत्य टेलिसिरियल बाट आएका व्यक्ति हुन । ज्यादा समय घरबाहिर बिताउने सेलिबे्रटी केहि समय देखि घरमै बस्न बाध्य छन । यो समयलाई उनीहरूले विभिन्न तरिकाले सदुपयोग गरिरहेका छन । नव क्षितिज साप्ताहिकका लागी संवाददाता मणिराम दाहालले कलाकार दिपकराज गिरीसँग लकडाउन दैनिकी बारे सोधेका छन ।
लकडाउनमा दिपकले स्वास्थ्यलाई धेरै ख्याल गर्ने गरेको बताएका छन । विहान बेलुका शाररिक ब्ययाममा वा योगामा बढि समय बिताउँने गरेका छन । विहान अलिक ढिलो ७ बजे मात्र उठ्ने दिपक राज गिरि एक घण्टा समाचार पढ्ने गर्छन । त्यो पछिको एक घण्टा ध्यान गर्छु दिपक भन्छन् । डेढ घण्टा पैदलयात्रा प्रायजसो पशुपति मन्दिर परिसर र बनकालि सम्म गरिरहेका छन । बिहानको समय स्वास्थ्यलाई धेरै ध्यान दिने गरेको दिपक बताउँछन ।
लकडाउन अगाडि निकै व्यस्त हुने कारण फिल्म हेर्ने मौका नपाएको दिपकले यस समयलाई फिल्म हेर्न पनि सदुपयोग गरिरहेको बताए । फिल्म हेर्ने दैनिकी नै बनाएको छन ‘मुख्यतः म फिल्म नै हेरिरहेकी छु,’ उनले भने । दिउँसोको खाना खाए पछि १२ बजे देखि ३ बजे सम्म फिल्म हेरिरहेको हुन्छु उनी भन्छन् ।
३ बजे पछि केहि बेर आराम गर्ने उनी ५ बजे फेरि पैदल यात्रामा निस्कन्छन् । ७ बजे ध्यान, ८ बजे रात्री खाना खाएर ११ बजे सम्म सामाजिक सञ्जालमा रमाउँछन । उनले यस अघि नै सामाजिक सञ्जाल मार्फत लकडाउनको पूर्ण पालना गर्ने सर्वसाधरणहरुलाई आग्रह समेत गरिसकेका छन ।
पछिल्लो समय उनी समाजसेवामा पनि लागिरहेको बताउछन् । हुनत दिपक राज गिरि लाई समाज सेवा नौलो विषय भने होइन उनले बर्षेनि आफुले कमाएको १० प्रतिशत समाजसेवा मै लगाउने पहिले देखिनै बताउदै आएका थिए । पछिल्लो समय लकडाउनको समयमा खान नपाएका मजदुर र निम्न बर्गका व्यक्तिहरूलाई खाना खुवाउने काम गर्दै आएका छन् । उनले काठमाडौका सबैजसो ठाउँमा आफुले देखे सुनेका खान नपाउने बर्गलाइ खाना खुबाउदै हिड्ने गरेको उनी बताउँछन् ।