मदन भण्डारीको शालिक कहिल्यै ढल्दैन–पूर्वमन्त्री बाँस्कोटा

धुलिखेल÷ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वर्गिय मदनभण्डारीको शालिक कहिल्यै नढल्ने बताउनुभएको छ । पूर्वमन्त्री बाँस्कोटाले जननेता भण्डारीको शालिक, महेन्द्र विरेन्द्रहरुको जस्तो ढल्ने नभएको बताउनुभएको हो ।

स्वर्गिय मदनभण्डारीको ६९ औं जन्मजयन्तीमा हिजो धुलिखेल नगरपालिका वडा नं. ९ काभ्रेभञ्ज्याङमा निर्मित मदनभण्डारी पार्क परिसरमा आयोजित बृक्षारोपण कार्यक्रममा स्वर्गिय भण्डारीको शालिकमा माल्यार्पण गर्दै भण्डारी नेपाली कम्युनिष्ट आन्दोनको अभिन्न पक्ष भएको बाँस्कोटाले बताउनुभएको हो ।

अनेरास्ववियू काभ्रे र राष्ट्रिय युवा संघ काभ्रे द्वारा आयोजित उक्त माल्यार्पण तथा वृक्षारोपण कार्यक्रममा नेकपाका नेता तथा धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठ, नमोबुद्ध नगरप्रमुख टि.पी शर्मा तिमल्सिना, नेता कञ्चन अधिकारी, रामकृष्ण हुमागाईं, अनेरास्ववियुका केन्द्रीय नेताहरु समिक बडाल, जेनिश लामा, राष्ट्रिय युवा संघ काभ्रेका संयोजक विक्रम चौलागाईं, सह–संयोजक राजकुमार श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । समारोहमा पार्क परिसरमा बृक्षारोपण पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *