कता जादैछ समाज ? शारिरीक सम्बन्ध राख्न बोलाएर अपहरण

बनेपा,समाजमा बेलाबेला केहि अपत्यारिला घट्नाहरु हुने गर्छन । जुन पत्याउन गाहे तर यथार्थ, हो यस्तै घट्ना भएको छ केहिदिन अघि । आफ्m्नै श्रीमतीहरुलाई अरु केटाहरुसँग कुरा गराएर शारिरीक सम्बन्ध राख्न बोलाउने र बोलाएर अपहरण गरी बन्धक बनाई फिरौती रकम माग्ने । पैसाका लागि गरिएको यो घटना सार्वजनिक भएको छ ।

धुलिखेल नगरपालिका–४, २८ किलो डेरा गरी बस्ने पाँचखाल नगरपालिका वडा नं.–१२, घर भएका १९ बर्षिया आकाश परियार उनकै श्रीमती २१ बर्षिया सविना तामाङ परियार र रोशी गाँउपालिका वडा नं. १२ भीमखोरी माइती र बेथानचोक गाँउपालिका वडा नं.– ४ चलाल घर भएकी २१ बर्षीया उमा परियार यो घट्नाबाट पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय, काभ्रेका डिएसपी कुमार विक्रम थापाका अनुसार आकाश र सविना बिहीबार पक्राउ परेका थिए भने उमा शुक्रबार पक्राउ परेकी हुन् । यस घटनामा दुई जना फरार छन्् ।
उनीहरुले पाँचखाल नगरपालिका–१२, देवभूमि बस्ने २३ बर्षिया राजकुमार दनुवारलाई बुधबार अपहरण गरेका थिए । शारीरिक सम्बन्ध राख्नका लागी बोलाएर अपहरण गरेर उनीहरुले शरिर बन्धक बनाएर फिरौती रकम माग गरेका थिए । आकाशकी श्रीमती सविना र ती पुरुषको पहिले नै फोन मार्फत चिनजान भइसकेको थियो । बुधबार भने सबिनाले ती पुरुषलाई शारीरिक सम्बन्ध राख्ने भन्दै भेट्न बोलाएकी थिइन् । त्यसपछि उनीहरु धुलिखेलको २८ किलोमा भेटे । भेटेपछि सविनाले ती पुरुषलाई जंगलमा लगेकी थिईन । जंगल गएको केही समय पछि नै सविनाका श्रीमानले मेरी श्रीमतीलाई शारिरीक सम्बन्ध राख्न खोजेको भन्दै कुटपिट गरेपछि ५० हजार रकम दिनुपर्ने नत्र नछाड्ने भन्दै अपहरण गरेर फिरौती रकम मागेको प्रहरीले जनाएको छ । घट्ना पूर्वयोजना अनुसार नै भएको भए पनि दनुवारलाई यो थाहा थिएन ।
श्रीमानहरुकै योजनानामा उमा र सविनाले यस्तै काम गर्न थालेको केहि महिना भई सकेको बताईएको छ । विना र राजकुमार बीच शुरुमै पैसाको बार्गेनिङ्ग भयो । उसले १० हजार साथमा भएको र काम सकिए पछि त्यहि दिने बताएका थिए । श्रीमानले भेटाएपछि दनुवारले ५० हजार दिन्छु भने र दाजुलाई पैसा लिएर आउन र आफु अपहरणमा परेको खवर गरे । अपहरित दनुवारसँग ५० हजार नभएपछि उक्त घटना बाहिर आएको थियो । पैसा नआउञ्जेल उनिहरुले राजकुमारलाई थुनेर राखेका थिए । ५० हजार पैसा तयार भए पछि दाजुले प्रहरीलाई सूचना दिए । प्रहरी र उनिहरु पैसा बोकेर २८ किलो माथीको जंगलमा पुगे । राजकुमारको उद्धार भयो । दनुवारको भनाई पछ्याउदै भाद्र २५ गते प्रहरीले आकाश र उनको श्रीमती सविनालाई पक्राउ गरेको थियो । भने भाद्र २६ गते उमा परियारलाई कोठाबाटै नियन्त्रणमा लिएको हो । उनका श्रीमान र भाई फरार भएका छन् ।
उनीहरुमाथि प्रहरीले मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद–१७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा मुद्धा अघि बढाएको छ । जिल्ला अदालत काभ्रेले उनीहरुलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *