लागु औषध विरुद्ध प्रहरीको नाटक


बनेपा, इलाका प्रहरी कार्यालय बनेपाको विशेष सहयोगमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सडक नाटक तथा लागू औषध सचेतना कार्यक्रम बिहिबार बनेपाको चार दोबाटोमा सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय बनेपाले यो भन्दा अगाडि पनि विभिन्न सचेतना सम्बन्धि कार्यक्रम गरेको थियो ।

लागु औषध प्रयोग बाट पछिल्लो समयमा बालबालिका सम्बन्धि नराम्रो असर परेको छ । यसको प्रयोगले धेरै बालबालिकाहरु नराम्रो बाटो रोजेर आफ्नो जीवन नै बिगार्न तर्फ लागेका छन । यस बाट कसरी बाच्न सकिन्छ यो लागू औषध भनेको के हो आदि विषयमा कार्यक्रममा नाटक प्रस्तुत भएको थियो ।

सडक नाटक र लागू औसध सचेतना कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख लक्ष्मिनहरसिंह वादे श्रेष्ठ, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, विशिष्ट अतिथि बागमती प्रहरी प्रमुख उमेश राज जोशि, अतिथि काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रिलगायत रहेका थिए ।

कार्यक्रममा लागु औषध सेवनले स्वास्थ्यमा पु¥याउने असर, पछिल्लो समयमा बालबालिकामा यसको प्रयोग, लागु औषध सेवन गरेका मानिसले ल्याउने समस्या, सामाजिक कलह, अभाव जस्ता कुराहरुमा रहेर सन्देश मुलक नाटक प्रस्तुत गरिएको थियो । जनचेतनामूलक नाटक हेर्ने बनेपामा रहेका मानिसको बाक्लो उपस्थितिको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *