यी हुन काभ्रे कांग्रेसका पालिका सभापतिहरु


बनेपा, नेपाली कांग्रेस काभ्रेको पालिका अधिवेशन शनिबार कतै निर्विरोध त कतै निर्वाचन मार्फत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
जिल्लाको लगभग सबै पालिकामा निवर्तमान जिल्ला सभापति शिवप्रसाद हुमागाई टिमका उमेदवारहरु बिजयी भएका छन् । एक पालिका महाभारतमा भने बिबादका कारण अधिवेशन स्थगित भएको छ । जिल्लाका ८ पालिकामा निर्विरोध सभापति चयन भएका छन् ।
जस अनुसार बनेपामा महेश कर्माचार्य सभापतिमा निर्वाचित हुनुभएको छ । शान्तिरत्न शाक्यलाई १ मत अन्तरले पराजित गर्दै कर्माचार्य बनेपा नगर सभापतिमा निर्वाचित हुनुभएको हो । धुलिखेल नगर सभापतिमा बिदुर बहादुर बस्नेत बिजयी हुनुभएको छ । मण्डनदेउपुर नगरपालिकामा कस्यप पौडेल, बेथानचोक गाउँपालिकामा प्रेम बहादुर तिमल्सिना र तेमाल गाउँपालिकामा ज्ञान बहादुर तामाङ निर्वाचित हुनुभएका छ ।
यस्तै पनौतीमा रामशरण भण्डारी, पाँचखालमा सञ्जय तामाङ, रोशी गाउँपालिकामा दूधराज लामा, नमोबुद्ध नगरपालिकामा कुन्साङ लामा, भुम्लु गाउँपालिकामा दावा लामा, चौरीदेउराली गाउँपालिकामा शेरबहादुर तामाङ, खानीखोला गाउँपालिकामा दोर्जेमान जिम्बा निर्विरोध निर्वाचित हुनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *