प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेको छ । चौतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा कमिटी चयन गरेको हो ।
प्रदेश १ मा अविजाल विष्टको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ भने मधेस प्रदेशमा फणि महत अध्यक्ष चयन भएका छन् । बागमतीमा शरद सापकोटा, गण्डकीमा इन्द्र पौडेल, लुम्बिनीमा शोभाखर पन्थी, कर्णालीमा प्रकाश अधिकारी र सुदूरपश्चिममा कृष्ण ओली अध्यक्षमा चयन भएका छन् ।
उपत्यका प्रदेशमा विष्णु आचार्यको नेतृत्वमा कमिटी चयन भएको छ भने प्रतिष्ठान प्रदेशमा सरोज ढुङ्गेल र एशोसियट प्रदेशमा श्रीहरि थापा नेतृत्वमा आएका छन् ।
प्रेस चौतारी नेपाल वागमती प्रदेशको प्रथम अधिवेशनमा काभ्रे जिल्लाबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष रमा दाहाल, सदस्यहरू दिपक राउत, कविराज ढकाल, केदार तिमल्सिना, प्रदीप भन्डारी, सविता न्यौपाने तथा एशोसिएट प्रदेश कमिटी महासचिवमा रघुनाथ सापकोटा र सदस्य नवराज भण्डारी निर्वाचित भएका छन ।