उम्मेदवारहरुको घर दैलो अभियान जारी, जनमत बटुल्दै एमाले


धुलिखेल, आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरुले चुनावी अभियानलाई तिब्रता दिएका छन ।
जिल्लाका १३ वटै स्थानीय तहमा दल र स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरु मत माग्न जुटेका हुन । गठबन्धनका कारण गठबन्धनका दलहरुको अभियान शुरु हुन ढिला भएपनि नेकपा एमालेले जिल्लाका १३ वटै पालिकामा घर दैलो अभियान गरिरहेको छ । अभियानको क्रममा सबै पालिकामा एमालेलाई जनताले आशा गरेको पार्टीको रुपमा हेरेका छन । यो पटक जनताको समर्थन एमालेलाई रहने अभियानमा जुटेको उत्साहले देखाएको उम्मेदवारीहरुले बताएका छन ।

एमालेको स्थानिय कमिटी घरदैलोको तालिका नै बनाएर अभियान गरिरहेको एमालेदे आजसम्म धेरै वडामा घरदैलो अभियान सकाएको छ । यहि क्रममा मण्डनदेउपुरमा उम्मेदवारहरुले ४ वटा वडा र सम्पर्क मञ्चको भेला सकाएको नगर अध्यक्ष शेरबहादुर डोटेलले जानकारी दिनुभयो । मण्डनदेउपुरको नगर प्रमुखका उमेदवार विदुर सापकोटा र उपप्रमुख सरिता ढकाल बस्ताकोटीलगायत नेताहरुको टोलीले १४ गते वडा नं. ७, १५ गते वडा नं. ३, १६ गते वडा नं. ४, १७ गते वडा नं. २, को घरदैलो र १८ सम्पर्क मञ्चको भेला सकाएको हो ।

मण्डनदेउपुरको १२ वडा मध्ये वडा नं.१ मा शिव प्रसाद ढकाल, वडा नं.२ मा नारायण शाह, वडा नं.३ मा भोला बजगाई, वडा नं.४ मा मैते सिं तामाङ, वडा नं.५ मा हर्क तामाङ, वडा नं.६ मा अमनाथ ढकाल, वडा नं.७ मा बिष्णु प्रसाद पौडेल, वडा नं.८ मा झलक प्रसाद पौडेल, वडा नं.९ मा अम्बिका हमाल ठकुरी, वडा नं.१० मा सुमन नेपाल, वडा नं.११ मा मुकुन्द सापकोटा र वडा नं.१२ मा रमेश पराजुली वडा अध्यक्षको उमेदवार रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *