बनेपा, नेपाली काँग्रेसको तर्फबाट बनेपा नगरपालिकाको मेयरका उम्मेदवार शान्ति रत्न शाक्यले सडक, खानेपानी, सरसफाइ, फोहोरमैला, शिक्षा, स्वास्थ्य जस्ता विषय प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन ।
नेपाली काँग्रेस बनेपाले आयोजना गरेको पत्रकार सम्मेलनमा शाक्यले उक्त प्रतिबद्धता व्यक्त गर्दै चुनावी तयारीको क्रममा घरदैलो गरिरहेको बताए । पत्रकार सम्मेलनमा बनेपामा मेयर र उपमेयर पदका आकांक्षीहरुले नेपाली काँग्रेसको उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताए । बनेपा नगर सभापति महेश कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, मेयरका आकांक्षीहरु प्रचण्डराज प्रधान, कृष्णगोपाल भैल, सुरकृष्ण बैद्य, सरस्वती बैद्य लगायतले बनेपा काँग्रेसमा कुनै गुट नभएको बताउँदै गठबन्धन उम्मेदवार जिताउन एक भएर लाग्ने जानकारी दिएका थिए ।