बनेपामा आठ हजार कन्या पुजिए

बनेपा, १२० वर्षदेखि बनेपामा चल्दै आएको ऐतिहासिक कन्या पूजा यो वर्ष भव्य रुपमा मनाईएको छ ।
हरेक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा कन्याहरुको पूजा गरिदै आएकोमा कोरोना महामारीका कारण विगत २ वर्षदेखि कन्यापूजा हुन सकेको थिएन । यो पाली भने श्रीकृष्ण जन्माष्टमीको दिनमा करिब आठ हजार कन्या पुजिएको सनातन कन्यापूजा प्रबन्ध समितिले जनाएको छ । समितिका अनुसार कन्यापूजामा प्रतिकन्या ४ सय रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएको थियो । नगरमा कन्यापूजा धुमधामले भव्यताका साथ सम्पन्न भएको छ ।

कन्याहरुको पूजा गर्दा सुख, शान्ति, समृद्धिका साथै निरोगी हुने जनविश्वास रहँदै आएको छ । कन्याहरुलाई पूज्ने व्यक्तिलाई समेत राम्रो हुने जन विश्वासले हरेक वर्ष कन्याको पूजा गर्ने प्रचलन रहेको छ । कन्याहरुलाई उपहारसहित पैसा, छोकडा, काजु, चकलेट, बिस्कुट, चाउचाउ, फ्रुटीलगायतका खानेकुरा दिएर पूजा गर्ने प्रचलन रहेको छ । बनेपाका कन्याहरुलाई चण्डेश्वीको सन्तानको रुपमा मान्ने भएकाले कन्याहरुको पूजा र्ने प्रचलन बसेको हो । सुरुवातमा बनेपाका नेवार समुदायका कन्याहरुमात्र पुजिने प्रचलन रहे पनि पछिल्लो समय बनेपाका साथै अन्य स्थान र जिल्लाका र सबै जातका कन्यासमेत पुजिँदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *