बनेपा, ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि तिब्र तयारीमा जुटेको निर्वाचन आयोगबाट ५७ प्रकारका सामग्री दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको जनाएको छ ।
५१ जिल्लामा विभिन्न निर्वाचन सामग्रीहरू पठाइसकिएको छ । आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू ढुवानी गर्नुपर्ने हुन्छ ।
संगै निर्वाचनको मिति नजिकिदै जादा चुनावी चहल पहल पनि बढ्दै गएको छ । निर्वाचन आयोगले निर्वाचनको १७ दिन अघिदेखि मात्र प्रचार प्रसारको समय तोके पनि उमेद्वारहरु भने चुनावी अभियानमा होमिएका छन । काभ्रेमा गठबन्धनसंग एक्लै चुनावी प्रतिस्पर्धामा एमाले रहेको छ । काभ्रेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा कुल मतदाता १ लाख ५२ हजार ६ सय ९९ रहेका छन् । जसमा ७८ हजार ८ सय १६ पुरुष र ७३ हजार ८ सय ८२ महिला र अन्य १ मतदाता रहेका छन् । १ सय ९५ वटा मतदान केन्द्रबाट मतदाताहरुले मतदान गर्नेछन् । सो क्षेत्रको प्रदेश सभा १ मा ४० हजार १ सय १ पुरुष, ३६ हजार ४ सय ५२ महिला गरी ७६ हजार ५ सय ५३ मतदाता रहेका छन् । जसमा ९४ वटा मतदान केन्द्र रहेका छन् । प्रदेश सभा २ मा ३८ हजार ७ सय १५ पुरुष र ३७ हजार ४ सय ३० महिला गरी ७६ हजार १ सय ४६ मतदाता रहेका छन् ।
त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा ७९ हजार १ सय ७४ पुरुष र ७८ हजार २ सय ६७ महिला गरी १ लाख ५७ हजार ४ सय ४२ मतदाता रहेका छन् । सो क्षेत्रको प्रदेश सभा क मा ३९ हजार २ सय ५८ पुरुष, ३७ हजार ८ सय ५० महिला र अन्य १ गरी ७७ हजार १ सय ९ जना मतदाता रहेका छन् । प्रदेश सभा ख मा ३९ हजार ९ सय १६ पुरुष र ४० हजार ४ सय १७ महिला गरी ८० हजार ३ सय ३३ मतदाता रहेका छन् ।