सहकारी संघमा विनोदको नेतृत्व

15134679_1282719105124724_6674751850240728022_n
बनेपा,जिल्ला सहकारी संघ लि. को ३५औं अधिवेशनबाट नयाँ कार्य समिति निर्वाचित भएको छ । आइतबार बिहान सकिएको मत गणना अनुसार विनोद पराजुली नेतृत्वको पुरै टिमले बाजी मारेको छ ।
एमाले माओवादी सम्मिलित प्यानलका उम्मेदवार पराजुलीले २३९ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्दी काँग्रेस, नयाँश क्ती र फोरम लगायत दलको समर्थनका उम्मेदवार अमन पोटेले १५७ मत प्राप्त गरे । त्यसैगरी मतदानबाट रामचन्द्र भट्टराई उपाध्यक्ष, दिलिप शर्मा सचिव, रामकृष्ण अधिकारी कोषाध्यक्ष, सदस्यहरुमा कमलप्रसाद कुईंकेल, ठाकुरनाथ अधिकारी, डिल्लीप्रसाद आचार्य, नारायणप्रसाद लम्साल, निरञ्जन विष्ट, यदुनाथ हुमागाईं, रणबहादुर खनाल, राजन शाक्य, राजुप्रसाद श्रेष्ठ, रेशमलाल नेपाली त्यस्तै महिला सदस्यहरुमा कमला अधिकारी, कविता तामाङ, दुर्गा सत्याल, राधिका घिमिरे र हिमाली श्रेष्ठ विजयी भएका छन् । यस्तै प्रेमबहादुर भुजेल लेखा संयोजक र सदस्यहरुमा नवराज भुर्तेल र माधवप्रसाद नेपाल विजयी भएका छन् ।
साधारण सभा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा शनिबार उदघाटन भएको थियो । उदघाटन समारोहमा सहकारीका पूर्व अध्यक्ष कुलचन्द्र अधिकारी, सहकारी विकास बोर्डका सञ्चालक सदस्य दीपकप्रसाद पौडेल, केन्द्रीय पर्यटन सहकारी संघका केन्द्रीय उपाध्यक्ष मुकुन्दप्रसाद दाहाल, संघका सल्लाहकार योगेन्द्रनाथ कर्माचार्य, प्रतिभा सुवेदी लगायतकाले संघको साधारण सभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सहकारीका संचालक सदस्य विधान जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सभापतित्व अध्यक्ष सोमप्रसाद हुमागाईं तथा संचालन सचिव अमन पोटेले गरेका थिए । कोषाध्यक्ष रामहरि बुढाथोकीले आर्थिक प्रतिवेदन सचिव पोटेले प्रगति प्रतिवेदन पेश गरेको साधारण सभामा लेखा समितिका संयोजक रामचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । संघमा जिल्लाभरिका ४ सय ३७ ओटा संस्थाहरु आबद्ध रहे पनि निर्वाचनमा भने ४ सय २० ले सहभागिता जनाए । मतदानमा भने ४ सय ७ मात्र सहभागि बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *