
गैह्रीचौर,स्थानीय तहको पुर्नसंरचना हुँदा मण्डन देउपुर नगरपालिकाको केन्द्रको रुपमा प्रस्ताव गरिएको महादेवस्थान र देउपुरको सिमानास्थल गैह्रीचौरको विकास र संरक्षणमा स्थानीयहरु जुटेका छन् ।
दलको प्रस्तावमा नगरपालिकाको केन्द्र गिरान्चौर आएसँगै त्यस क्षेत्रका स्थानीयहरु रमणीय र पिकनिक स्पोटको रुपमा रहेको उक्त क्षेत्रको संरक्षण र पुर्वाधार निर्माणमा जुटेका हुन् ।
पुर्वाधार विकासलाई महत्व दिएका स्थानीयहरुको पहलमा कच्चि मोटरबाटो जोडिएसँगै उक्त क्षेत्र हुँदै क्यूको बस सञ्चालनमा आएको छ । बनेपा, कुन्ता, पौवाटार, गैैह्रिचौर हुँदै देउपुरको गैह्रिबिसौनासम्म हेलम्बु यातायातले गाडी सञ्चालन गर्न थालेको स्थानीय विनय गौतमले जानकारी दिए । पुर्वाधारको विकाससँगै उक्त क्षेत्र संरक्षण हुन सकेमा त्यो भेगको केन्द्र मात्रै हैन रमणीय पर्यटकीय स्थलको रुपमा स्थापित हुने अर्का स्थानीय नवराज गौतमले बताए ।