खोपासीमा विपद् व्यवस्थापन समिति

49924843

खोपासी,विपद्बाट पूर्वतयारीलगायतका खानेपानी तथा सरसफाइका क्षेत्रमा वडावासीहरुलाई सचेत गराउने उद्देश्यले पनौती–१२ मा वडास्तरीय सामुदायिक विपद् व्यवस्थापन समितिको गठन गरिएको छ ।
स्थानीय विकास मन्त्रालयको स्थानीय विपद जोखिम व्यवस्थापन योजना तर्जुमा निर्देशिका, २०६८ अनुसार वडा सचिव सुनिल भण्डारीको अध्यक्षतामा आइतबार समितिको गठन गरिएको हो । समितिमा अच्युतप्रसाद गुरागाईं सदस्य–सचिव र इन्दु लामा कोषाध्यक्षमा चयन भएका छन् । यस्तै सदस्यहरुमा ठाकुरदास उलक, दिवाकर प्रजापति, देवेन्द्र अधिकारी, अनिता अधिकारी, सरिता अधिकारी नेपाल, नानीमैंया श्रेष्ठ, भवानी श्रेष्ठ र कमला श्रेष्ठ रहेका छन् । वडास्तरमा रहेका सरोकारवालाहरुको सहभागितामा विपद व्यवस्थापन योजना, आपत्कालीन कार्ययोजना र पुनःस्थापना योजना कार्यान्यवन गराउन समितिको गठन भएको अध्यक्ष भण्डारीले जानकारी दिए । यूरोपेली संघको सहयोगमा प्राक्टिकल एक्सन र इन्फोले पनौती नगरपालिकाको खानेपानी तथा सरसफाइको क्षेत्रमा विपद व्यवस्थापनका लागि ‘विश्वास’ परियोजनामार्फत काम गर्दै आएका छन् । विश्वास परियोजनाले पनौतीका ६ वटा वडाहरुमा र वडास्तरिय समिति गठन गरी आवद्ध सदस्य तथा सरोकारवालाहरुलाई विपदको पूर्व तयारीलगायत विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने परियोजनाको प्रमुख लक्ष रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *