
पनौती, अनेरास्ववियुले इन्द्रेश्वर क्याम्पसमा अनेरास्ववियु इन्द्रेश्वर क्याम्पस कमिटीको तेस्रो सम्मेलन संगठनका केन्द्रीय सचिव समिक बडालको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
कार्यक्रममा संगठनका केन्द्रीय सदस्य बिनिता खतिवडा, जिल्ला उपाध्यक्ष तथा २ नं. इन्चार्ज उपेन्द्र शर्मा, जिल्ला सचिव गोविन्द उप्रेती, सचिवालय सदस्यहरु अशोक खनाल, पुरुषोत्तम दाहाल, सुनिता थापा, सदस्यहरु राजेश थापा, युवराज दाहाल, कैलाश शाही, अमित पाण्डेको सहभागिता रहेको थियो । उक्त सम्मेलनबाट हेमराज हुमागाईंको नेतृत्वमा १७ सदस्य क्याम्पस कमिटी पनि चयन भएको छ । अखिल काभे्रले आफ्नो २८ औं जिल्ला सम्मेलनको तयारी स्वरुप “एक शैक्षिक संस्था एक संगठन, एक संगठन एक रचनात्मक क्रियाकलाप” अभियान संचालन गरेको छ । त्यसै अनुसार मंसिर २४ गते अनेरास्ववियुको आयोजनामा डाँडापारी तालढुंगामा भव्य साँस्कृतिक कार्यक्रम संचालन हुदै छ ।