नेपालमा पहिलो पटक फरक धारको कमेडि टक शो को रुपमा कलाकार घनश्याम गौतम र युगज्योती क्रियाशिल ले “ट्वाकेन्द्र निवास” सुपर कमेडि टक शो सुरु गरेका छन । गाउँ घरको झझल्को आउने ट्वाकेन्द्र निबासमा अहिलेका चर्चित तथा सर्वािधक लोकप्रिय कलाकार तथा चर्चित व्यक्तित्व हरुलाई पाहुनाको रुपमा ल्याएर रमाईलो गरेर दर्शकलाई हसाउदै मनोरञ्जन दिइरहेका छन । छोटो समयमै चर्चा कमाएको ट्वाकेन्द्र निवासमा महा नायक राजेश हमाल पनि पाहुनाका रुपमा आईसकेका छन् । हाल यु ट्युब च्यानल एन के टि भी बाट हरेक बुधवार बेलुका ५ बजे रिलिज हुँदै आएको ट्वाकेन्द्र निवास कार्यक्रम केही समय पछि एन टि भी वाट पनि प्रसारण हुने भएको छ, उनै कलाकार घनश्याम गौतमसँग गरिएको कुराकानी ।
० ट्वाकेन्द्र निवास को ट्वाकेन्द्र कस्तो चरित्र हो ?
ट्वाकेन्द्र २४ घन्टा जाड रक्सी खाने र गफ दिने फुर्ती लाउने पात्र हो तर उ देशको लागि सोच्ने चिन्ता गर्ने मनको राम्रो मान्छे हो ।
० यो कार्यक्रम को कन्सेप्ट कसरी आयो ?
यो कार्यक्रम नेपालमा बिशुद्ध नया कन्सेप्ट हो गाउघरको जन जीवन मा सेलीब्रेटि लाई लगेर फरक ढँगले अन्तरवार्ता गरेर रमाइलो गरिन्छ र यो खाले कमेडि टक शो लाई धेरैले रुचाउनु भाछ ।
० यो कार्यक्रमको कन्सेप्ट कसरी आयो ?
मैले नाटक मा सिरियल मा विभिन्न चरित्र गर्ने क्रममा भुकम्प पछि रेडक्रसको कचहरी नाटक अभियान मा धेरै चरित्र अभिनय गरेको मध्ये यो जाड खाएर आउने र राहतमाग्ने चरित्रको अभिनय गर्दा धेरै नै मन पराइदिनु भयो र यो पात्र हरेक गाँउमा छन भन्नू भयो र एन के टिभि को टिम ले कार्यक्रमको कन्से्पट सुनाएर यस्तो कार्यक्रम गर्न पाए चल्थ्यो होला । तपाइले मात्र गर्न सक्नु हुन्छ भने पाछि म तयार भएको हो ।
० कस्तो गेस्टलाइ कार्यक्रममा ल्याउनु हुन्छ ?
अहिलेका सर्वाधिक चर्चामा आएका सबैले रुचाएका र राम्रो काम गरेका व्यक्तित्वहरुलाइ गेस्ट को रुपमा ल्याउने गरेको छ ।० कार्यक्रम क कस्ले चलाउनु हुन्छ ?
ट्वाकेन्द्र काका र मट्याङ्ग्री काकी गाउँ का दुइजना पात्र बुढाबुढि भएर चलाउछौ । कलाकार युगज्योती क्रियाशिलले मट्याङ्ग्री काकी भएर मलाई साथ दिनु भएको छ । हाम्रो जोडिलाई सबैले रुचाउनु भएको छ ।
० ट्वाकेन्द्र निवास कार्यक्रम तपाईं ले लिएर आउनु भाको छोटो समयमानै धेरै चर्चा कमाई सकेको छ यो बिषयमा के भनु हुँन्छ ?
यो सबै नेपाली दर्शक स्रोताको माया हो । सबैले मन पराइदिनु भाछ । भिओर्स पनि राम्रो गा छ एन के टिभी यु ट्युब च्यानलमा र हाम्रो टिम पनि राम्रो छ यस्को लागि नवराज खड्का, सुन्दर खनाल बेवी र सम्पुर्ण एन के टिभी परिवारलाई धन्यवाद दिन्छु र विशेष धन्यवाद जीवनसाथी बस्नेत जी लाई दिन चाहान्छु वहाले मलाइ बिश्वास गर्नु भो । वहाँ मेरो साथी पनि हो ।
० नेपाल को चर्चित व्यक्तिहरू लाई कार्यक्रम मा बोलाउनु हुन्छ उहाँहरू को तर्फबाट चै कस्तो प्रतिक्रिया पाउनु भाको छ त ?
सबै भन्दा राम्रो प्रतिक्रिया नै कार्यक्रम मा आउने पाहुना वाट पाएका छौ । गाउँ घरमा आ जस्तै लाग्यो र यस्तो कार्यक्रम मा अहिले सम्म गएको थिइन भनेर निकै खुशी भएर जानू भा छ । विशेष गरि कार्यक्रम को अन्त्यमा बिदाइ गर्दा टीका लाएर आशिर्वाद दिएको र दक्षिणा दिएको कुराले गायिका ईन्दिरा जोशी रोएर सुटिङ रोक्नु परेको थियो त्यसै गरि गायक सत्यराज आचार्य र महा नायक राजेश हमाल ले पनि असाध्यै मन छुने कार्यक्रम र यो कार्यक्रम को भबिश्य उज्जवल छ भन्नुभयो ।
० कार्यक्रम भरी जड्याहाको चरित्रमा बस्न अप्ठ्यारो हुदैन ?
कुनै पनि चित्रमा बसिरहन र न्याय गर्नु गारो कुरा हो । सबैले यहि प्रश्न गर्नु हुन्छ तर म सुटिङ सुरु भएपछि मन्चमा छिरेर चरित्रमा डुबेको सम्झन्छु र सुटिङ नसिकिए सम्म चरित्रलाइ छोड्दिन र हामी एकैदिनमा ४ देखि ५ जना सम्न पाहुना लाई बोलाएर एकैदिनमा ५ एपिसोड सम्म सुटिङ गर्छौ प्राय पाहुना ले रोके बाहेक हामी एकै टेक मा पुरै कार्यक्रम सुट गर्छौ ३ वटा क्यामरा प्रयोग गरेर ।
० बिदेश तिर बाट कस्तो प्रतिक्रिया आउ छ त ?
सबै भन्दा माया गर्ने हेर्ने र शेयर गरिदिने नै बिदेस मा बस्ने नेपाली दाजुभाइ हरु हुन । वहाँ हरु त कहिले युट्युवमा अपलोड हुन्छ भनेर कुरेर बस्नु हुन्छ विशेष गरेर वहाहरुकै लागि गाउँ घर को न्यास्रो मेटियोस भनेर ट्वाकेन्द्र निवास कार्यक्रम सुरु गरेका हौ ।
० बाहिर हिड्दा तपाइलाइ ट्वाकेन्द्र भनेर चिन्छन कि चिन्दैनन् ?
ट्वाकेन्द्र निवासको चर्चा सबैतिर भैरहेको हुन्छ तर मनै ट्वाकेन्द्र हो भनेर सवैले चिन्दैनन् अरुले चिनाउदा छक्क पर्छनस् मलाइ बुढो मान्छे भन्ने सोच्दारहेछन यति राम्रो हिरो जस्तो मान्छे ट्वाकेन्द्र बन्दा कति नराम्रो देखिएको भन्छन । त्यसो भन्दा मलाइ झन खुशी लाग्छ ।
० ट्वाकेन्द्र निवासमा के सन्देश पाइन्छ त रु कि मनोरन्जन मात्र हो ?
मनोरन्जन का लागि कार्यक्रम तयार पारेको भएपनि हरेक मनोरन्जन भित्र सन्देश लुकेको हुनु पर्छ । हास्दा हास्दै वा रमाईलो गर्दा गर्दै स्लो पाईजन जस्तै बिस्तारै मान्छेको मन पगाल्नु वा परिवर्तन गर्नु पर्छ । सोच परिवर्तन गर्नु पर्छ यो आफैमा एउटा चुनौती हो । यो जाड खाने चरित्रलाई देखाएर जाड रक्सी खादा शरीर मा कति हानि हुन्छ समाजमा कस्तो असर पर्छ र परिवार मा कस्तो असर पर्छ भनेर देखाउन खोजिएको छ यस्को साथै जाड खाने मान्छै सबै खराबनै हुन्छन भन्ने छैन । भन्ने सन्देश दिएका छौँ ।

