जिल्लामा राम्रो छवी भएका प्रखर र बौद्धिक नेताको रुपमा स्थापित एमाले केन्द्रीय स्कूलल विभाग सदस्य तथा काभ्रेका पूर्व अध्यक्ष गोकुल बास्कोटा काभ्रे केन्द्रीय सभा २ का लागि सर्व सम्मत उम्मेदवार बनेका छन् ।उनको सर्वसम्मतीसँगै यो क्षेत्रका मतदातामा उल्लास बढेको छ । विकास प्रेमी र केन्द्रमा समेत राम्रो प्रभाव राख्नसक्ने नेता भएकै कारण जनतामा उनीप्रति बढी आशा रहेको जानकारहरु बताउँछन् । ७० सालको संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट पराजय बेहोरेका उनी यो पटक भने प्रत्यासीभन्दा बलियो उम्मेदवारको रुपमा रहेका छन् । गत चुनावमा ४ क्षेत्र रहेको काभ्रे संघीयतासँगै २ क्षेत्रमा परिणत भएको हो ।
यसअघि उनी उम्मेदवार बनेको क्षेत्रबाट २०४८ र २०५१ मा एमालेबाट केशव बडाल निर्वाचित भएका थिए । २०५६ मा कांग्रेसका शिव हुमागाईं,२०६४ सालको संविधानसभा निर्वाचनमा एमालेका कृष्णप्रसाद सापकोटा र दोस्रो संविधानसभामा कञ्चन बादेले जितेको यो क्षेत्र अहिले भूगोल र जनसंख्या पनि थपिएको छ । विगतभन्दा वर्तमानमा एमालेको प्रभाव बढदै गएको र यसपटक बाँस्कोटाको पक्षमा जनमत आउने काभ्रेली राजनीतिक विश्लेषकहरुको अनुमान छ । यो सम्भावनालाई एमाले, माओवादी र नयाँ शक्तिबीचको चुनावी तालमेलले झन् सजिलो बनाएको छ । अर्कोतर्फ उनको सर्वसम्मतीले कार्यकर्तामा पनि बेग्लै उर्जा बढाएको छ । क्षमतावान र दुरदर्शीको हातमा नेतृत्व सुम्पन यस क्षेत्रका जनता आतुर रहेका कारण पनि उनको जीत लगभग पक्का भएको हो ।
