
बनेपा,२०६५ सालमा स्थापना भएको प्रभात बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको नवौं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ ।
बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष सागरनाथ कपालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ लि.का सचिव दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत सहकारी संघका सहसचिव सुरेन्द्र पौडेल, समाजसेवी लम्बोदर कायस्थ, सञ्चारकर्मी नवराज बजगाईं, राजधानी साकोसका सचिव मधुसुदन तन्डुकार, बनेपा साकोसकी शर्मिला मल्ली लगायतले शुभकामना राखेका थिए । संस्थाका उपाध्यक्ष फिरोज शाक्यको स्वागत मन्तव्य र सदस्य सुवासना श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा सचिवको प्रतिवेदन संचालक विकास श्रेष्ठले, कोषाध्यक्ष बलराम श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा संयोजक भरत दाहालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा संस्थाका सचिव सुमन चौ प्रधान काभ्रे जसिजको अध्यक्षमा र व्यवस्थापक हिमाली श्रेष्ठ जिल्ला सहकारी संघको सदस्यमा निर्वाचित भएकोमा तथा संस्थालाई सहयोग पु¥याएकोमा मधुसुदन तन्डुकारलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट बचतकर्ता रञ्जु कायस्थ, गणेशकुमार श्रेष्ठ, असल ऋणी उषा थापा र राजेश भैल, सर्वाेकृष्ट कारोबारकर्ता दुर्गालाल प्रधानलाई सम्मान गरिएको थियो ।
साधारण सभाको बन्दसत्रले सागरनाथ कपालीको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा फिरोज शाक्य, सचिवमा सुमन चौ प्रधान, कोषाध्यक्षमा बलराम मानन्धर र सदस्यहरुमा पूर्णिमा प्रधानाङ्ग, सञ्जयप्रकाश प्रधान र सरस्वती तौजले श्रेष्ठ तथा लेखा सुपरीवेक्षण समिति संयोजकमा भरत दाहाल र सदस्यमा प्रदीप प्रधान र धनबहादुर कर्माचार्य रहेका छन् ।