
बनेपा,आगामी वैशाख २२ गते हुने पत्रकार महासंघ प्रदेशस्तरको अधिवेशनको उम्मेदवारी दर्ता सकिएको छ । साथै प्रदेशमा हिजो उम्मेदवारी सकिएको हो । उम्मेदवारीकै क्रममा धेरै प्रदेश र पदमा निर्विरोध भएका छन् ।
प्रदेश नं. ३ को उम्मेदवारी दर्तामा नै उपाध्यक्ष, महासचिव र खुल्ला सचिव निर्विरोध निर्वाचित भएका छन् । प्रदेशको उपाध्यक्षमा काभ्रेली पत्रकार यदुनाथ गौतम र खुल्ला सचिवमा सुरेश हुमागाईं निर्विरोध निर्वाचित भएका हुन् । प्रेस चौतारी नेपाल काभ्रेका संस्थापक अध्यक्ष समेत रहेका हुमागाईं खबर मिडिया प्रा.लि.बाट संचालित खबर चौतारी साप्ताहिकका सम्पादक हुन् भने गौतम सु–सन्देश साप्ताहिकका सम्पादक हुन् । यसैगरी महिला उपाध्यक्षमा नानीमाया कार्की, महासचिवमा कृष्णसारु मगर र कोषाध्यक्षमा सिताराम अधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् ।
प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र प्रेस युनियन नेपालको सहकार्य रहेको अधिवेशनका लागि संयुक्त गठबन्धनको तर्फबाट प्रताप विष्टले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा स्वतन्त्र उम्मेदवार गिरिजाप्रसाद अधिकारीको उम्मेदवारी परेको छ । अन्य निर्विरोध नभएका पदहरुको निर्वाचन वैशाख २२ गते प्रत्येक जिल्लामा हुनेछ ।