
नेपाल सुन्दर शान्त मात्र नभएर प्राकृतिक पूर्णताले भरिएको देश हो । यहाँ केहीको अभाव छैन । विश्वको अग्लो हिमाल सगरमाथा देखि विश्वको होचो खोंच कालिगण्डकीको खोंच यहीँ हो र प्रत्येक ५÷५ किलोमिटरको दुरीमा फरक फरक वातावरण पाईन्छ । विश्वका हरेक देशमा पाईने जडिवुटी देखि लिएर चराचुरुङ्गी तथा जनावर नेपालमा भरिपूर्ण छन् । नेपालको माटो अति मलिलो र उब्जाउ हुन सक्ने खालको छ । जलश्रोतको दोश्रो धनी अनि वनजंगलले भरिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश आज आएर केही नभएको मरुभुमि जस्तो वन्न पुगेको छ ।
आज भन्दा १५÷२० वर्ष अगाडी सम्म हाम्रो देश आत्मनिर्भर जस्तै थियो । हामी नुन र मट्टीतेल भन्दा केही पनि किन्दैनथ्यांै तर आज आएर ब्राम्हणले लगाउने जनै समेत अर्काको देशबाट आयात हुन्छ र हामी लगाउँछौं जुन कुरा हाम्रो धर्म संस्कृती अनुसार मान्य छैन ।
शिर देखि पाउसम्म जे लगाएका छौं सवै आयातित मात्र हुन् । कुनै बेला कोरिया लगायतका देशमा अन्न निर्यात गर्ने हामी अहिले हरियो मकै देखि लिएर आवश्यक धेरै कुरामा परनिर्भर हुनु परेको छ । यसै कारण गत वर्षको नाकावन्दीका कारण देशमा हाहाकार भयो । यदि हामी खाद्यान्नमा आत्मनिर्भर हुन सकेको भए त्यस्तो हविगत व्यहोर्नु पर्दैनथ्यो होला । हामीलाई सुख सुविस्थाले के दियो त उल्टो पीडाभन्दा बाहेक बरु पहिलेको ढिकि जाँतो, कुटो कोदालो, दाउरा घाँसले धेरै आनन्दित, निरोगी र खुशी तुल्याएको थियो ।
आज आएर हामी पूर्ण रुपमा परनिर्भर भयौं र आफूले आफैंलाई भुल्यौं र भावी सन्ततीलाई गलतबाटो हिंडाउँदै छौं । यही रुपमा हामी अगाडि बढ्दै जाने हो भने एकदिन हामी मरुभुमीमा छटपटाएको माछा जस्तो हुने छौं ।
कपडा महंगो हुँदा नि फरक पर्दैनथ्यो किन कि कपडा भनेको वर्षको २÷४ पटक मात्र त किन्ने हो तर यहाँ ठ्याक्कै उल्टो भयो । आयातित कुरा सस्तो र यहाँ उत्पादित कुरा महंगो । त्यसैले देश उल्टो गतिमा हिंडिरहेको छ । हामी सबैले विचार नपु¥याउने र सम्बन्धित ठाउँमा नघच्घच्याउने हो भने हाम्रो भविष्य अन्धकारमय हुनेछ ।
हामी सांच्चै हाम्रो देशलाई समृद्घ बनाउने हो भने आजै देखि वातावरण बनाउन सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ । हाम्रो देश अवसरै अवसरको खानी हो । अव देशमा स्थाइ सरकार र स्थानीय सरकार पनि आईसकेको छ । त्यसैले अव बस्तीको एकीकरण, साधनश्रोतको व्यवस्थापन, उद्योगमैत्री वातावरण र सबभन्दा खाँचो भनेको देशभक्तिको भावना जगाउने जनचेतनामुलक कार्यक्रमको आवश्यकता छ ।
हामी पूर्ण रुपमा उल्टो बाटो हिड्न थालेका छौं । मान्छेलाई बाँच्नका लागी विहान देखि बेलुका सम्म खानको लागी कम्तीमा पनि विहानको खाजा रु. ५०÷–, खाना रु. १००÷– र दिउँसोको खाजा रु. ५०÷– र वेलुकाको खाना रु. १००÷– गरेर रु. ३००÷– चाहियो जुन कुरा हामी आफैं आफ्नो देशमा उत्पादन गरेर खान सक्थ्यौं तर भएन हामी खाजामा सख्खरखण्ड, पिडालु, भुटेको मकै छाडेर चाउचाउ तिर लाग्यौं अनि कोदो फापर, मकैको ढिंडो छोडेर मिष्ठान्न भोजन तिर लाग्यौं र आर्थिक देखि स्वास्थ्यमा समेत कमजोर हुँदै गयौं । यसको ठिक उल्टो आयातित कपडा अरु विलाशिताका कुरा सस्तो हुँदै सवैको पहुँचमा आउन थाले जसले गर्दा समस्या झन झन ठुलो हुँदै गयो । हिजो रु. ५००÷– पर्ने पाईन्ट आज रु. १००÷– मा पाईन थाल्यो । रु. ३००÷– मा पाईने सर्ट रु. १००÷– मा पाईन थाल्यो । जुन गाउँ गाउँमा रहेका सबै बांझा खेतबारीमा खेतीगर्ने वातावरण बनाउनु प¥यो । बेरोजगार युवालाई रोजगार दिलाउनु प¥यो । गाउँलाई व्यवस्थित बनाएर शहरमा बसाई सर्ने कुरा रोक्नु प¥यो । गाउँलाई पर्यटकको गन्तव्य बनाउनुप¥यो । हाम्रो धर्म, संस्कृति र रितीरिवाजलाई जोगाई राख्नुप¥यो । आफु संग भएका साधनश्रोतको सहि सदुपयोग गर्न प्रेरित गर्नुप¥यो । आफ्नो ठाउँ आफैं बनाउन प्रेरित गरेर सबैको साथ सहयोग लिनुप¥यो । जो–जोसंग जे–जे सीप छ त्यो त्यसले आ–आफ्नो कुरा सदुपयोग गर्नुप¥यो । अनि वल्ल केही गर्न सकिन्छ । त्यसको लागि स्थानिय सरकारले वातावरण तयार गरि कार्यक्रम ल्याउनु पर्दछ ।