अभियानबाट ३९ प्रतिशत विद्यार्थी भर्ना

Student-623x480
बनेपा,केपी ओलि नेतृत्वमा सरकार बनेसँगै देखि सुरु भएको भर्ना अभियानले यस वर्ष विद्यालय बाहिर रहेकामध्ये ३९ प्रतिशत विद्यार्थी विद्यालयमा भर्ना भएका छन् ।
भर्ना अभियानमा ८८ हजार ८८७ विद्यार्थीमध्ये ३४ हजार ३४४ जना भर्ना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए । उनका अनुसार भर्ना गरिएका विद्यार्थी प्राथमिक तहका हुन् । सरकारले विद्यालय जाने उमेर समूहका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि घरदैलो अभियान सञ्चालन गरेको थियो । उनले अभियानमा कक्षा १ देखि दशसम्म करीब सात लाख २४ हजार वद्यार्थी भर्ना गरिएको बताए । भर्ना हुन नसकेका विद्यार्थीलाई शैक्षिक सत्रभरि भर्ना गर्न पहल गरिने छ ।
अभियान अन्तर्गत यस वर्ष ७ सय ७७ विद्यार्थीको अभिभावकत्व ग्रहण गरिएको छ । ती विद्यार्थीलाई प्रधानमन्त्री, मन्त्री, सांसद, नगरप्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष आदिले विद्यालयमा भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *