
बनेपा,जारी माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) जिल्लामा शान्तिपूर्ण रुपमा चलिरहेको छ । केही वर्षअघि देखि यो परीक्षा प्रणाली लागू भएको हो ।
शिक्षा ऐन संशोधन भएर उच्च माध्यमिक तह मानिएको कक्षा ११ र १२ लाई पनि विद्यालय शिक्षामा समावेश गरेपछि कक्षा १० को अन्त्यमा लिइने एसएलसी परीक्षालाई गत वर्षदेखि एसईई नामकरण गरिएको हो । जिल्लामा ४० परिक्षा केन्द्रबाट सात हजार ८ सय ९ जना बिद्यार्थीले सहभागिता जनाएका छन । १ सय ४५ सामुदायिक विद्यालयबाट पाँच हजार ४ सय ३ जना, संस्थागत ६८ विद्यालयबाट दुई हजार १ सय २६, एक्ज्याम्टेड तर्फ एक सय ५०, प्राविधिक तर्फ एक सय ३० बिद्यार्थी सहभागी रहेका छन । परिक्षा केन्द्रमा ४० परिक्षा केन्द्राध्यक्ष, सहायक ४० तथा ३ सय ३२ निरक्षक खटिरहेका छन् ।