नेकपाको स्थायी समितिमा बडाल, काभ्रेबाट केन्द्रीय सदस्यमा बास्कोटा र दोङ

11
बनेपा,नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्यमा काभ्रेबाट केशव बडाल परेका छन् भने केन्द्रीय कमिटीमा गोकुल बास्कोटा मनोनित भएका छन् ।
तत्कालीन नेकपा एमालेको तर्फबाट पहिला केन्द्रीय कमिटीमा रहेका सबै र नयाँबाट थप गरी २ सय ४१ जना केन्द्रीय सदस्य बनेका हुन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय सदस्यको सूची तयार पारेका हुन् । नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१ र माओवादी केन्द्रको तर्फबाट २०० सदस्य समायोजन हुने सहमति भएको थियो । एमालेको साविक केन्द्रीय कमिटीमा २०० सदस्य थिए ।

दुवै नेताले नवौं महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बनेर पराजित भएका, लामो समय कम्युनिस्ट आन्दोलनमा योगदान दिएका, विभिन्न विभागका सचिव र युवा नेताबाट नाम तय गरेका हुन् । नेकपाका केन्द्रीय कमिटीमा अर्थमन्त्री डा.युवराज खतिवडा परेका छन् । त्यस्तै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा पनि नेकपाको केन्द्रीय सदस्य बनेका छन् । उनी यसअघि एमाले केन्द्रीय स्कूल विभाग सदस्य रहेका थिए । एमाले गत अधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बनेका उनी थोरै मतले पराजित बनेका थिए । त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र अर्थमन्त्री कैलाश ढुंगेल पनि केन्द्रीय कमिटीमा थपिएका छन् । युवा नेताहरुबाट तत्कालीन एमालेका प्रचार विभाग सचिव तथा पत्रकार विष्णु रिजाल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, पूर्वमन्त्री आनन्द पोखरेल, घोराही उमपहानगरपालिकाका मेयर नरुलाल चौधरी, तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारी, भरतपुरको मेयरमा हारेका देवी ज्ञवाली लगायतका नेताहरु केन्द्रीय कमिटीमा पुगेका छन् ।

को को हुन् नयाँबाट थपिएका केन्द्रीय सदस्यहरु
तत्कालिन एमालेको तर्फबाट नेकपाको केन्द्रीय सदस्यमा गोकुल बास्कोटा, विनोद ढकाल, नरेश खरेल, निरज आचार्य, विष्णु रिजाल, तिलकुमार मेयाङ्बो, महेश रेग्मी, राजेन्द्र गौतम, देवेन्द्र दाहाल, आनन्दप्रसाद पोखरेल, प्रमोदनारायण शाह, समिम मियाँ अनसारी, कैलाश ढुंगेल, डोरमणी पौडेल, बसन्त मानन्धर, केशव पाण्डे, महेश बस्नेत, विनोद श्रेष्ठ, केशवलाल श्रेष्ठ, श्रीनाथ बराल, खगराज अधिकारी, शारदाप्रसाद सुवेदी, दिलुकुमारी पन्त, कृष्ण राई, लक्ष्मण ज्ञवाली, नरुलाल चौधरी, बिमला घिमिरे, गोविन्द शाह, चन्द्रबहादुर शाही, दयालबहादुर शाही, भानुभक्त जोशी, लिला भण्डारी, साध्यबहादुर भण्डारी, रामेश्वर राना, एकबहादुर राना, अच्युत मैनाली, बलराम बास्कोटा, डा.युवराज खतिवडा, दामोदर भण्डारी, आइन्द्रसुन्दर नेम्वाङ, रविन्द्र अधिकारी, देवी ज्ञवाली, रामेश्वर फुयाँल परेका छन् ।
लालध्वज पनि केन्द्रीय सदस्यमा
त्यस्तै माओवादी केन्द्रको तर्फबाट पनि थप हुँदा काभ्रेले अर्काे एक केन्द्रीय सदस्य पाउने लगभग पक्का भएको छ । माओवादी केन्द्रको तर्फबाट नेकपाको केन्द्रीय कमिटीमा जानेहरुको फाइनल लिष्ट सार्वजनिक गरी नसकेको भएपनि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) केन्द्रीय समितिमा पर्ने पक्का भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *