बालिकालाई जवरजस्ती करणी पश्चात हत्या गर्ने पक्राउ

तेमाल गाउँपालिका–१ संस्युखर्क काभ्रेकी ९ बर्षिय बालिकालाई जवरजस्ती करणी पश्चात हत्या गरिएको खुलेको छ । २०७५ असार २० गते साँझ ९ बर्षिय बालिका एलिसा तामाङको जवरजस्ती करणी पश्चात हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख (एसपी) रविराज खड्काले पत्रकार सम्मेलन मार्फत उक्त घटनाको जानकारी दिनुभएको हो । उहाँका अनुसार तेमालमा ज्यामी काम गर्दै आएका बारा जिल्ला बारागढी गाउँपालिका– ६ गडहलका २३ वर्षीय जोखन मन्सुरीले तामाङलाई जवरजस्ती करणी पश्चात नाक र मुख थुनी हत्या गरेको बताउनुभयो ।
साँझ मृतक एलिसा र उनकी २१ बर्षिया फुपु दिदी मीना तामाङ बाख्रा सार्न गोठमा गएको बखत मीनालाई मन्सुरीले जर्बजस्ति गर्ने प्रयास गरेका थिए । त्यहि घटना एलिसाले बाबु भीमबहादुरलाई भनिदिन्छु भनेपछि मन्सुरीले चाउचाउ दिएर फकाउने प्रयास गरेका थिए । एलिसा चाउचाउमा समेत नभुलेपछि हातको इशाराले बोलाएर जंगलको छेउमा पु¥याई यौनाड्ढ र मलद्धारमा पटकपटक जवरजस्ती करणी गरी मुख र नाक थुनेर हत्या गरे भागेका थिए ।
सस्र्यखर्कबाट भागेको मन्सुरी बोहोरेदोभानबाट टिपर चढेका थिए । स्थानीयहरुले खोजतलासलाई तिब्र बनाए पछि प्रहरीको सहयोगमा भोलीपल्ट उनलाई नियन्त्रणमा लिईएको थियो । स्थानीयहरुले मन्सुरीलाई डोरीले बाँधेर मरणासन्न हुने गरी कुटपिट समेत गरेका थिए । प्रहरीको टोली घटनास्थल पुगे लगत्तै घटनास्थलबाट एलिशाको शबको अनुसन्धान गरी मीना र मन्सुरी दुबैलाई नियन्त्रणमा लिएको थियो । एलिसाको आमाको ३÷४ वर्ष अघि ज्वरोका कारण निधन भएको थियो । श्रीमती वितेपछि सधै मादक पदार्थ सेवन गर्दै आएका भीमबहादुर र मन्सुरीले बुधबार साँझ असार २० गते रक्सि सँगै खाएका थिए ।
शारिरिक अपाड्ढता बालिकालाई पनि जवरजस्ती करणी
तेमाल गाउँपालि कै ठुलोपर्सेलमा १२ बर्षिय मानसिक तथा शारिरिक रुपमा असक्त बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
ठुलोपर्सेलका १७ बर्षिय विकास थापामगरलाई पीडित परिवारको उजुरीका आधारमा पक्राउ गरिएको एसपी खड्काले जानकारी दिनुभयो । बालिका सुतिरहेको अवस्थामा थापामगरले जवरजस्ती करणी गरेका थिए । बालिका बोल्न हिड्न सक्दिनन ।rapisth

Leave a Reply

Your email address will not be published. Required fields are marked *