मण्डनदेउपुरको प्राथमिकता स्वास्थ्य र शिक्षा–प्रमुख वाईबा

 

Mandandमण्डनदेउपुर,जिल्लाकै कान्छो नगरपालिका मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबाले आफ्नो नगरपालिकामा स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
गणतन्त्र दिवस–२०७६को अवसरमा जेठ १५ गते आयोजित समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख वाईबाले स्वास्थ्य क्षेत्रमा नेपाल सरकारले निःशुल्क औषधी प्रदान गर्ने भनिएका औषधीहरु सबै स्वास्थ्य कार्यालयहरुमा पु¥याईसकेको भन्दै स्वास्थ्य र शिक्षाको क्षेत्रलाई नगरपालिकाले पहिलो प्राथमिकता राखेर कार्य गरिरहेको बताए । नगरका सबै विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठन–पाठन शुरु गरेको र सबैलाई पोशाक र खाजाको व्यवस्था नगरपालिकाले गरेको बताए ।
आफूले गरेको कामको फेहरिस्त सुनाउँदै उनले नगरभित्र के के काम भएछ हेर्न अनुरोध गरे । नेपाली जनताले मागेका सबै अधिकारहरु स्थापित भएकोले अब कुनै पनि आन्दोलनको आवश्यकता नभएको बताउँदै वाईबाले कम्युनिष्टको नाममा हिंसात्मक गतिविधि गर्ने विप्लब समूहलाई वार्तामा आई समस्या समाधान गर्ने तिर लाग्न अनुरोध समेत गरे ।

कार्यक्रममा नेकपाका नेताद्वय विदुर सापकोटा,रीता ढकाल नेपाली काँग्रेसका नेताद्वय अच्यूत पौडेल र रामहरि सापकोटा लगायतले बोलेको कार्यक्रममा उपप्रमुख निर्मला शाहीले स्वागत र प्रमुख प्रशासकिय प्रमुख प्रणराज न्यौपानेले सञ्चालन गरेका थिए ।
यस अघि नगरका बिभिन्न जनसमुदाय र बाजागाजा सहितको जुलुस नगरपालिका कार्यालयबाट समाजसेवा चोक हुँदै फेरि फर्केर वडा नं. ७ को कार्यालयमा समारोहमा परिणत भएको थियो । कार्यक्रममा विभिन्न समुदाय र विद्यालयका विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *