
समाजमा छोराले मात्र बाबु आमाको किरिया गर्छन भन्ने मान्यता रहेको बेला पछिल्लो समय छोरीले पनि किरिया बस्ने क्रम बढेको छ ।
यहि क्रममा साँगाका दुई दिदिबहिनी पनि आमाको किरिया गरिरहेका छन । यहाँका डोल बहादुर कार्किकी धर्मपत्नि उर्मिला कार्किको निधन पछि छोरीहरु २१ वर्षिया अनु कार्कि र २६ वर्षिया कौशल्या कार्कि आमाको किरिया गर्न छोरा जसरी नै बसेका छन । छोरा नहुदा छोरीले पनि छोरासरह गर्न सक्छन भन्ने उदारण उनिहरुले दिएको स्थानिय कृष्णराम कार्कीले बताए ।