काभ्रे इञ्चार्जमा बास्कोटा,नेकपाको एकता भोलीसम्म टुंगो लाग्दै

gokul baskota
बनेपा,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ ओटै जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । हिजो बसेको सचिवालय बैठकले ७७ ओटा जिल्ला कमिटी र जिल्ला कमिटी सरहकै ६ ओटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको जनाएको छ ।
बैठकले बिभाग, केन्द्रीय निकायको बिषयमा भने भोली मंगलवार बस्ने सचिवालय बैठकबाट निर्णय लिने सहमति गरेको छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको १४ महिनापछि नेकपाले एकताको बाँकी काम भोलीसम्म टुंगो लगाउने छ । इञ्चार्जको टुंगो भने हिजो नै सकेको हो । हिजोको बैठकअघि सचिवालयमा रहेका पूर्वएमाले र पूर्वमाओवादी नेताहरुको छुट्टाछुट्टै बैठक बसेका थिए । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यबिभाजनमा सहमति भएसँगै दुवै पूर्वपार्टीका नेताहरु आफ्नो भागमा परेको बिभागको नेतृत्वदेखि केन्द्रीय सदस्यको कार्यबिभाजनसम्म टुंगो लगाउने गृहकार्यमा जुटेका हुन । नेकपाको सचिवालयमा पूर्वएमालेका ६ र पूर्वमाओवादीका तीन नेता रहेका छन ।
अध्यक्ष ओलीले ६ जना नेताको बैठक गरी कार्यबिभाजनलाई सर्वसम्मत बनाउने सहमति जुटाएका हुन । जसअनुसार बरिष्ठ नेता माधवकुमार नेपाललाई बिदेश बिभाग, झलनाथ खनाललाई नीति अध्ययन प्रतिष्ठान बिभाग, सचिवालय सदस्य बामदेव गौतमलाई संगठन बिभाग र इश्वर पोखरेललाई पार्टी स्कूल बिभागको नेतृत्व लिने समति जुटेको भएपनि स्कूल बिभागमा प्रवक्तासमेत रहेका पूर्वमाओवादी नेता नारायणकाजी श्रेष्ठले समेत दावी गरेपछि सचिवालयमा छलफल भएपनि निर्णय भएन ।
अर्का अध्यक्ष प्रचण्डले पनि सचिवालयमा रहेका नेताहरु रामबहादुर थापा र नारायणकाजी श्रेष्ठसहित पूर्वपार्टीका पदाधिकारीको बैठक गरी सो बैठकमा प्रचण्डले अध्यक्ष ओलीसँग भएको सहमति राख्दै बैठकबाट कसरी सहमति जुटाउने भन्ने सुझाव मागेको बताईएको छ ।
नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा लिने सहमति भइसकेको छ । भोलिको बैठकबाट एकताका सबै काम टुंगो लाग्ने छ । हिजो टुङगाईएको जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज अनुसार काभ्रेमा भने नेकपाका केन्द्रिय सदस्य, नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई इञ्चार्ज तोकेको छ सहइञ्चार्ज भने तोकिएको छैन ।
को–को बने इञ्चार्ज
ताप्लेजुङ ईञ्चार्ज–भाष्कर काफ्ले,पाँचथर ईञ्चार्ज – ईन्द्रबहादुर आङ्बोे सह–इन्चार्ज – अईन्द्रसुन्दर नेम्वाङ, डम्बरसिंह सम्बाहाम्फे, ईलाम ईञ्चार्ज – धीरेन्द्र शर्मा,झापा ईञ्चार्ज – रबीन कोईराला सह–इन्चार्ज –देवेन्द्र दाहाल, धर्मशीला चापागाईं, हरिबहादुर राजवंशी,मोरङ ईञ्चार्ज– घनेन्द्र बस्नेत सह–इन्चार्ज– गोपीबहादुर सार्कि अछामी, देउमान सम्बाहाम्फे, महेश रेग्मी, सुनसरी इञ्चार्ज– धर्मराज निरौला सह–इन्चार्ज – एकचन्द्र बराल, जगदीश क’शियत, तैयव ह’सेन मिया, मोहमद महफ’ज अन्सारी, रामक’मारी चौधरी, धनकुटा ईञ्चार्ज – हेमराज भण्डारी, तेह्रथुम ईञ्चार्ज – जयन्ती राई सह–इन्चार्ज – दुर्गाप्रसाद चापागाईं, विजय सुब्बा, संखुवासभा ईञ्चार्ज– राजेन्द्रकुमार राई सह–इन्चार्ज – राजेन्द्र कार्की, भोजपुर ईञ्चार्ज – सुदन राई किराती सह–इन्चार्ज –हरिबहादुर राई, खोटाङईञ्चार्ज – विशाल भट्टराई सह–इन्चार्ज – दुर्गा जयन्ती राई, राजन राई, सोलुखुम्बु ईञ्चार्ज – शिबबहादुर बस्नेत सह–इन्चार्ज – हेमक’मार राई ओखलढुङ्गा ईञ्चार्ज– यज्ञराज सुनवार,उदयपुर ईञ्चार्ज– बलदेव चौधरी सह–इन्चार्ज –मञ्जु कुमारी चौधरी, बिराटनगर महानगरपालिका ईञ्चार्ज– शिवकुमार मण्डल सप्तरी ईञ्चार्ज–रामप्रित पाशवान,सिराहा ईञ्चार्ज–लिलानाथ श्रेष्ठ सह–इन्चार्ज– अजयशंकर नायक, गंगाप्रसाद यादव, जगतप्रसाद यादव, धर्मनाथ यादव, महेन्द्र पाशवान, रामकुमार यादव, रामरतीदेवी राम, रामचन्द्र यादव, सिता पोख्रेल, हरिनारायण चौधरी धनुषा ईञ्चार्ज – जोगकुमार बर्वरिया यादव सह–इन्चार्ज– जुलीकुमारी महतो, महादेव यादव, योगनारायण यादव, यदुवंश झा, रत्नेश्वर गोईत यादव, बोधमाया क’मारी यादव, सुधीर शाह, शत्रुध्न महतो, हरिनारायण महतो महोत्तरी ईञ्चार्ज – राजु खड्का सह–इन्चार्ज – प्रकाशहरी पोख्रेल, टेकबहादुर बलम्पाकी, भरतप्रसाद शाह, रामकुमार शर्मा, रामदयाल मण्डल, सरोज यादव, सर्लाही ईञ्चार्ज – डाचाराज वाग्ले सह–इन्चार्ज –अच्युतम काफ्ले, कमलादेवी महतो, रविन्द्र बैठा धोवी,लक्ष्मण पौडेल रौतहट ईञ्चार्ज – युवराज भट्टराई सह–इन्चार्ज –कल्याणी कुमारी खड्का, सरला कुमारी यादव बारा ईञ्चार्ज –बलवीरप्रसाद चौधरी सह–इन्चार्ज – गोपाल ठाकुर, ज्वालाकुमारी शाह पर्सा ईञ्चार्ज – नागेन्द्र चौधरी सह–इन्चार्ज – रामचन्द्र शाह तेली वीरगञ्ज महानगरपालिका ईञ्चार्ज – दिनेश राई चितवनईञ्चार्ज – कृष्ण खनाल सह–इन्चार्ज –ईश्वरीप्रसाद भट्टराई, गंगाकुमारी बेलवासे, ज्ञानु बस्नेत सुवेदी मकवानपुर ईञ्चार्ज – विरोध खतिवडा सह–इन्चार्ज – कुमारी मोक्तान, रामेश्वर राना धादिङ ईञ्चार्ज – शालिकराम जम्कट्टेल सह–इन्चार्ज – खेम लोहनी नुवाकोट ईञ्चार्ज – महेन्द्र पाण्डे रसुवा ईञ्चार्ज – विमला सुवेदी सह–इन्चार्ज – माधव अर्याल सिन्धुपाल्चोक ईञ्चार्ज –कृष्ण सापकोटा सह–इन्चार्ज –अरुण नेपाल, माधव सापकोटा, युवराज दुलाल दोलखा ईञ्चार्ज – देवी खड्का सह–इन्चार्ज – रचना खड्का रामेछाप ईञ्चार्ज – देशशंकर पौडेल सह–इन्चार्ज – कैलाश ढ’ङ्गेल, श्यामकुमार श्रेष्ठ सिन्धुली ईञ्चार्ज –विषमलाल अधिकारी सह–इन्चार्ज – उमादेवी कोइराला, कमलजङ्ग राई, गणेश पहाडी,काभ्रेपलाञ्चोक ईञ्चार्ज –गोकुल बास्कोटा भक्तपुर ईञ्चार्ज – दिलीपकुमार प्रजापति सह–इन्चार्ज – सोमप्रसाद मिश्र ललितपुर ईञ्चार्ज – हरि दाहाल सह–इन्चार्ज –प्रमेश हमाल,काठमाडौँ ईञ्चार्ज – साबित्रा भुसाल सह–इन्चार्ज –अञ्जना विसंखे, कुमार पौडेल, दिलीप महर्जन, नारायण सिलवाल, पार्वती थापा,बसन्तप्रसाद मानन्धर, मुक्तिनारायण प्रधान, रामेश्वर फुयाल, सुरेन्द्र मानन्धर भरतपुर महानगरपालिका ईञ्चार्ज – रेणु दाहाल ललितपुर महानगरपालिका ईञ्चार्ज – शुशीला नेपाल काठमाडौंँ महानगरपालिका ईञ्चार्ज –जीवनराम श्रेष्ठ गोरखा ईञ्चार्ज – कृष्णप्रसाद धिताल सह–इन्चार्ज – परशुराम रम्तेल, सुुशीला सिम्खडा, चुडामणी जंगली तनहु ईञ्चार्ज – हरिबहादुर चुमान सह–इन्चार्ज – आसा कोईराला, एकबहादुर राना, प्रतापलाल श्रेष्ठ लमजुङ ईञ्चार्ज – मायानाथ अधिकारी सह–इन्चार्ज – अमरबहादुर तमु स्याङ्जाईञ्चार्ज – पद्मा अर्याल सह–इन्चार्ज – सिता सुनदास कास्की ईञ्चार्ज – राजकाजी गुरुङ सह–इन्चार्ज – श्रीनाथ बराल, भीम कार्की, सिता गिरी, शारदा सुवेदी मनाङ ईञ्चार्ज – रामशरण बस्नेत नवलपरासी पुर्व ईञ्चार्ज – तिलक महत सह–इन्चार्ज – बालकृष्ण गैरे, रबीन्द्र अधिकारी पवर्त ईञ्चार्ज – गुप्तबहादुर ठकुरी, बाग्लुङ ईञ्चार्ज – वलावती शर्मा सह–इन्चार्ज – मनाक’मारी जिसी केसी म्याग्दी ईञ्चार्ज भुपेन्द्रबहादुर थापा मुस्ताङ ईञ्चार्ज – श्रीमाया थकाली पोखरा महानगरपालिका ईञ्चार्ज – मानबहादुर जिसी नवलपरासी पश्चिम ईञ्चार्ज – वैजनाथ चौधरी रुपन्देही ईञ्चार्ज – लिला गिरी सह–इन्चार्ज – एकराज विश्वकर्मा, खिमलाल भट्टराई, दधिराम न्यौपाने कपिलवस्तु ईञ्चार्ज – गिरिधारीलाल न्यौपाने सह–इन्चार्ज – विमला घिमिरे पाल्पा ईञ्चार्ज – सोमप्रसाद पाण्डेय सह–इन्चार्ज – त’लाराम घर्ती गुल्मी ईञ्चार्ज – दिनेश पन्थी अर्घाखाँची ईञ्चार्ज – नजीर मिया सहईन्चार्ज – सुशीला श्रीपाईली ठकुरी प्यूठान ईञ्चार्ज – कृष्णध्वज खड्का दाङ ईञ्चार्ज – जीवन गौतम सह–इन्चार्ज – ईन्द्रजीत थारु, दामाकुमारी शर्मा, नारायणी शर्मा, निर्मल आचार्य, नरुलाल चौधरी, भागवत विश्वासी, मेटमणी चौधरी, हेमराज शर्मा पोख्रेल, शान्ता चौधरी रुकुम पुर्व ईञ्चार्ज – खेममान खड्का सह–इन्चार्ज – कमला रोका, तेजबहादुर ओली रोल्पा ईञ्चार्ज – दीपेन्द्र पुन सह–इन्चार्ज – ताराकुमारी घर्ती, नवीन रोका मगर बाँके ईञ्चार्ज – दिनेश यादव सह–इन्चार्ज – पुर्णकुमारी सुवेदी, महेश्वरजंग गहतराज, मोहमद हारुन हलुवाई बर्दिया ईञ्चार्ज – लक्ष्मण ज्ञवाली सह–इन्चार्ज – तिलकराम शर्मा, सन्तकुमार चौधरी सुर्खेत ईञ्चार्ज – नरबहादुर बिष्ट सह–इन्चार्ज – झकबहदुर मल्ल दैलेख ईञ्चार्ज – लक्ष्मीप्रसाद पोख्रेल सह–इन्चार्ज – राजबहादुर बुढा जाजरकोट ईञ्चार्ज – भैरवसुन्दर श्रेष्ठ सह–इन्चार्ज – गोविन्दविक्रम शाह, निरज आचार्य, रामदीप आचार्य कालिकोट ईञ्चार्ज – महेन्द्रबहादुर शाही जुम्ला ईञ्चार्ज – गजेन्द्रबहादुर महत सह–इन्चार्ज – नरेश भण्डारी मुगु ईञ्चार्ज – मोहन बानिया सह–इन्चार्ज – चन्द्रबहादुर शाही हुम्ला ईञ्चार्ज – विजय भण्डारी (मा)डोल्पा ईञ्चार्ज – हंशबहादुर शाही सल्यान ईञ्चार्ज – टेकबहादुर बस्नेत सह–इन्चार्ज – गुलाबजंग शाह रुकुम पश्चिम ईञ्चार्ज – राजकुमार शर्मा सह–इन्चार्ज – बसन्तकुमार शर्मा, शेरबहादुर केसी दार्चुला ईञ्चार्ज – गणेश ठगुन्ना बैतडी ईञ्चार्ज –नरेन्द्रबहादुर कँुवर सह– इन्चार्ज –पुरनसिंह दयाल, रेणु चन्द डडेलधुरा ईञ्चार्ज –खगराज भट्ट सह–इन्चार्ज – निरादेवी जैरु कञ्चनपुर ईञ्चार्ज –बिक्रम शाही सह–इन्चार्ज – देवीलाल चौधरी, निरुदेवी पाल, राजेन्द्र रावल, रामकुमार ज्ञवाली, लालबहादुर विश्वकर्मा कैलाली ईञ्चार्ज – रुपा चौधरी सह–इन्चार्ज – मदनकुमारी (गरिमा) शाह, झपटबहादुर रावल, नारदमुनी राना, बीरमान चौधरी, महेश्वर पाठक, लिलाकुमारी भण्डारी, हरिनारायण चौधरी डोटी ईञ्चार्ज – प्रेमबहादुर आले सह–इन्चार्ज –गौरी ओली अछाम ईञ्चार्ज – तारामान स्वाँर सह–इन्चार्ज – शरदसिंह भण्डारी बझाङ ईञ्चार्ज – भैरवबहादुर सिंह सह–इन्चार्ज – देवराज रेग्मी बाजुरा ईञ्चार्ज – लालबहादुर थापा सह–इन्चार्ज – प्रकाशबहादुर शाह रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *