अरबिन्द्र गौतम
बनेपा – जिल्लाका सबै स्तानिय सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न हेल्थ डेस्क स्थापना गरी स्वास्थ्यकर्मी सहितको टोली मार्फत स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएका छन भने तीन वटा स्थानीय तहले आ–आफ्ना स्थानीय तह प्रवेश गर्ने मुख्य नाकामा सहरबाट गाउँ फर्केकालाई स्वास्थ्य परीक्षण गरेरमात्रै गाउँ प्रवेश गर्ने व्यवस्था मिलाएका छन् ।
शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले रोशी गाउँपालिका प्रवेश गर्ने नाका शिखरआम्बोटे, कटुञ्जे र मङ्गलटारमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दलबहादुर लामाले शहरबाट गाउँ फर्केकाको स्वास्थ्य परीक्षण सुरु गर्ने निर्णय गरेको जानकारी दिए ।