योग खेलकुद संघद्वारा बृक्षारोपण

योग खेलकुद संघद्वारा बृक्षारोपण
बनेपा÷नेपाल योग खेलकुद संघ काभ्रेको आयोजनामा छैटौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा योग प्रोटोकल सहित वृक्षारोपण सम्पन्न भएको छ ।
बनेपा नगरपालिका वडा नं. ६ को गोसाईस्थान स्थित नैमिषारण्य क्षेत्रमा धुपि, मसला र फलफुलको विरुवाहरु रोप्दै संघले दिवस मनाउनुका साथै वृक्षारोपण कार्यक्रम पश्चात अन्तराष्ट्रिय योगको प्रोटोकलमा रहेको केही आसनहरुसमेत सामुहिक तथा प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रम पश्चात समापन समारोहमा नेपाल योग खेलकुद संघ काभ्रेका अध्यक्ष पूर्णचन्द्र सिग्देलले अहिले विश्वमा कोभिड–१९ ले माहामारीको रुप लिइरहेको वेलामा शरीर तथा मनस्थीतिलाई स्वास्थ राख्न दैनिक योग तथा प्राणायम अनिवार्य छ भन्दै त्यस संगसगै यो फुर्सदको समयमा योग गर्ने र खानपान तथा आहार विहारमा ध्यान पु¥याउने हो भने कोही कसैले पनि मानसिक समस्या झेल्नु नपर्ने बताए ।
कार्यक्रम संक्षिप्त रुपमा सानो सहभागितामा सामाजिक दुरी कायम गर्दै गरिएको थियो । स्वागत मन्तव्य गोसाईस्थान मन्दिर व्यवस्थापन समिति अध्यक्ष भेषराज शाहले र संचालन संघका सचिव राजन अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *