जिल्लामा ६२ प्रतिशत मात्र निजि आवास पुननिर्माण

धुलिखेल÷भूकम्प गएको पाँच वर्षमा जिल्लामा ६२ प्रतिशतले निजि आवास पुन निर्माण सम्पन्न गरेका छन । जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन कार्यालय काभ्रेका अनुसार ६२ प्रतिशतले निजि आवास पुन निर्माण सम्पन्न गरेका हुन ।

निजि आवास पुनःनिर्माण हुन बाँकी रहेका भूकम्प प्रभावित लाभग्राहीहरुलाई चाँडै निर्माण सम्पन्न गराउन इकाईले आग्रह गरेको छ । आवास पुनःनिमार्णका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको समय सिमा सकिन लागेकाले लाभग्राहीहरुलाई समयमा नै आवास पुनःनिर्माण सम्पन्न गर्न आग्रह गरिएको इकाईले जनाएको छ ।
प्राधिकरणले जारी गरेको सूचनामा छुट तथा पुनःनिर्माण जाँच सर्वेक्षण २०७५÷०७६ बाट लाभग्राही कायम भएकाहरुले २०७६ चैत्र मसान्त सम्ममा अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसक्नुपर्ने, २०७६ को माघ मसान्तमा पहिलो किस्ता लिएका लाभग्राहीले २०७७ असार मसान्त सम्ममा दोस्रो किस्ता लिइ सक्नुपर्ने र सम्पूर्ण लाभग्राहीले निजी आवास पुननिर्माणको तेस्रो किस्ता २०७७ मसिंर मसान्तसम्म लिइ सक्नुपर्ने भनिएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले सार्वजनिक गरेको तथ्याङक अनुसार जिल्लामा ८४ हजार ४ सय ८६ भूकम्प पीडित लाभग्राहीको सूचीमा परेका छन् । जसमध्ये ७७ हजार २ सय ५ अर्थात ९१ प्रतिशत भूकम्प पीडितले नेपाल सरकारले प्रदान गरेको अनुदान स्वरुप पहिलो किस्ताको अनुदान प्राप्त गरेका छन ।

लाभग्राहीमध्ये ६२ हजार १ सय ६५ अर्थात ७४ प्रतिशतले दोस्रो किस्ताको रकम लिएर आवास पुर्ननिमार्णको काम अगाडी बढाएका छन् । त्यस्तै ५३ हजार २ सय ९ लाभग्राही अर्थात ६२ प्रतिशतले अनुदानको तेस्रो किस्ता लिई आवास पुर्न निर्माण सम्पन्न गरेका छन । मण्डनदेउपुर नगरपालिकामा ७४ प्रतिशतले तेस्रो किस्ताको रकम लिएर पुर्न निर्माणलाई सम्पन्न गरेको छ भने भुम्लु र महाभारत गाउँपालिकामा ८१ प्रतिशत आवास पुनः निर्माणको काम सम्पन्न भएको छ ।

नमोबुद्ध नगरपालिकामा ५० प्रतिशतले मात्र पुनःनिर्माण सम्पन्न गरेका छन् । त्यस्तै धुलिखेल नगरपालिकामा ५२ प्रतिशत, बनेपा नगरपालिकामा ५४ प्रतिशत र पनौतीमा ५५ प्रतिशतले मात्र तेस्रो किस्ता लिई निर्माण सम्पन्न गरेको तथ्याङक छ ।

तेमाल गाउँपालिकामा ६५ प्रतिशत, बेथानचोक गाउँपालिकामा ६२ प्रतिशत, चौरीदेउराली गाउँपालिकामा ६७ प्रतिशत, खानीखोला गाउँपालिकामा ६८ प्रतिशत, पाँचखाल नगरपालिकामा ६४ प्रतिशत र रोशी गाउँपालिकामा ६० प्रतिशत आवास पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *