काभ्रेपलाञ्चोक जिल्ला संघीय राजधानी काठमाडौं नजिकको बैकल्पिक शहरी सम्भावनाको जिल्ला हो । यहाँ बनेपा, धुलिखेल, पनौती नमोवुद्ध, पाँचखाल र मण्डनदेउपुर सहित ६ ओटा नगरपलिका र चौंरीदेउराली, भुम्लु, तेमाल, रोशी, बेथानचोक, महाभाारत र खानीखोला सहित ७ गाउँपालिका रहेका छन् ।
ती १३ तह मध्येको सबैभन्दा पछि अर्थात स्थानीय तहको पुनर संरचना हुने बेला घोषणा भएको नगरपालिका हो “मण्डनदेउपुर” । त्यसैले पनि होला यहाँका राजनैतिक दल र नगरपालिकामा निर्वाचित जन प्रतिनिधिहरुले अरु सबै विर्षिएपनि कहिल्यै नविर्षने एउटै शब्दावली छ । त्यो हो जिल्लाकै ‘कान्छो नगरपालिका’ ।
मण्डनदेउपुर भैगोलिक हिसाबले आलौकिक विविधता भएको नगरपालिका हो । नगर र शहरी विकासमा यसले धेरै फड्को मार्न बाँकी छ । यसको क्षेत्रफल शहरी दृश्यावलोकन गर्र्ने पर्यटकीय नगरी नगरकोटदेखि खोलानालाको दृश्यावलोकन गर्ने वेसीको दोलालघाट छेउ ज्याम्दीसम्म लमतन्न रहेको छ ।
वातावरणीय कुरा गर्ने हो भनेपनि यो एउटा अचम्मकै वातावरण भएको नगरपालिका समेत हो । यहाँको भूगोलमा मजाको जाडोदेखि खपिनसक्नुको गर्मी मौसमको अनुभव गर्न सकिन्छ । ज्याम्दी, चण्डेनी, जैसिथोक र कुन्तावेसी, सिपाघाट लगायत मण्डनको वेसी भेगको गर्मी छल्न खोज्ने हो भने जम्मा जम्मी १८ कि.मी.को दूरी भित्र नाल्दुम, नगरकोट, नयाँगाउँ लगायतका देउपुर भेगको आनन्दित चिसो महसुश गर्न सकिन्छ ।
एकै साथ कृषि र पर्यटनको क्षेत्रमा प्रचुर काम गर्न सकिने थुप्रै सम्भावनाहरु कायम छन् । नगरकोटमा आएका पर्यटकहरु चाहे ती आन्तरिक हुन् वा बाह्य तिनलाई नयाँगाउँ र देउपुर भेगको आनन्द लिंदै मण्डनका थानडाँडा सुलिकोट, जितारी पोखरी, मैदानका मनोरम दृश्य, ज्याम्दीको वुद्ध थुम्का, रामपुर र देउराली लगायतका डाँडाहरुमा शयर गराउन सकिन्छ ।
बाह्रै महिना हरियाली हेर्ने हो भनेपनि कुन्तावेसी, सिपाघाट र जैसिथोक, चण्डेनी वेसी जोगिटार, सान्डीबेसी, ठूल्ठी लगायतका मनोरम हरियालीको कमी छैन । चैत्रमा धान मकै, असारमा पुनः धान, कार्तिक मंसिरमा आलु यहाँको पूरानो खेती प्रणाली हो । पूरानो खोती बालीको अलावा यहाँका विभिन्न भूगोलहरुमा थुप्रै र विभिन्न खाले तरकारीहरुको समेत उब्जनी हुने गर्दछ ।
यहाँ थुप्रै रमणीय ठउँहरु छन् । मठ मन्दिर र पाटी पौवाको कुरा गर्ने हो भने यहाँ माई ब्रम्हयणी, उमादेवी माई, कश्यपेश्वर महादेव लगायत थुप्रै मठ मन्दिरहरु रहेका छन् । विगतलाई नियालेर हेर्ने हो भनेपनि यो एउटा काठमाडौं प्रवेश गर्ने महत्वपूर्ण नाकापनि हो । सिन्धुपाल्चोक, देलखा र कोशीपूर्वका मानिसहरु गैह्रिविसौना हुँदै नगरकोटबाट भक्तपुर र काठमाडौं प्रवेश गर्ने गरेको इतिहास छ । यसको ज्वलन्त उदाहरणको रुपमा यस भेगको नर्वन्दा पाटी, गैहिैविसौना कुन्तावेसी, हिंगुवापाटी लगायतका ठाउँहरुमा भएको पूरानो पाटी पौवाहरु हुन् । जुन आज नासिंदै र मासिंदै जान थालेका छन् ।
यी र यसखाले थुप्रै कुराहरुको समायोजन हो मण्डनदेउपुर नगरपालिका । त्यति मात्र नभएर हिजोको नयाँगाउदेउपुर, वालुवापाटीदेउपुर र गैह्रिविौनादेउपुर सहितको ३ देउपुर अनि जैसिथोकमण्डन, महादेवस्थानमण्डन, चण्डेनीमण्डन र ज्याम्दीमण्डन सहितको ४ मण्डनको संगालोपनि हो काभ्रेको मण्डनदेउपुर ।
त्यसैले यी र यावत कुराहरुको दीर्घकालिन विकासको लामो सोच र बिचारको नाम हो “मण्डन शहरी पूर्वाधार”। नेपाल सरकारले यस पटक ल्याएको जनपक्षीय बजेटमा काभ्रेका धेरै कुरा र विषय वस्तुहरु समेटिएका छन् । त्यसमध्ये अलिक फरक र नयाँ कुराको रुपमा धेरैले चर्चा गर्दै र चासो राख्दै आएको विषय हो मण्डनदेउपुर भेगको दीर्घकालिन मार्ग चित्र अर्थात “मण्डन शहरी पूर्वाधार”।
अरु धेै कुराको बाबजुद केचाहिं पक्कै हो भने काभ्रेको मण्डनदेउपुर सबैभन्दा पछि बनेको नगरपालिका हो । यसो भनिरहँदा जहिल्यै कान्छो भएर विकासले गति लिनपनि त सक्दैन । हामी पछि बनेको नगरपालिका भने निच मारी बस्ने र त्यसैलाई एउटा कारण मानिरहने हो भने विकासचार्हि कहिले हुने भन्ने प्रश्न उठिरहन्छ । त्यसैले मण्डनदेउपुरलाई जहिल्यै कान्छो नगरपालिकाको भाषणबाजीबाट माथी उठाउँन यहाँका प्रकृतिक सम्पदा, वन पैदावर, खोलानाला, कृषियोग्य जमिन, पर्यटनको प्रवद्धन, जलचर तथा सिसारको संरक्षण, पाटीपौवा वन जंगल र मठमन्दिरको समुचिव विकास तथा प्रवद्धन, नगर स्तरीय वृहत खानेपानीको कार्यक्रम, खोलानालाको उचित व्यवस्थापन र करिडोर निर्माण, बैकल्पिक सडक मार्गहरु, विभिन्न खालका चिल्ड्रेन तथा मनोरञ्जन पार्कहरु, शहरकिरण वढ्दै जाँदा उत्पन्न हुने ढल व्यवस्थापन, विभिन्न खालका कुहिने र नकुहिने खालका फोहोर मैलाको व्यवथापन र प्रशोधन, सडकहरुको स्तरोन्नती, खानी तथा उत्खनन्जन्य वस्तुको उचित व्यवस्थापन र संरक्षण लगायतका कुराहरुको समुच्च अध्ययन र त्यसको दीर्घकालिन विकासको फड्कोको नाम हो खास अर्थमा “मण्डन शहरी पूर्वाधार” ।
तुलनात्मक कुरा गर्ने हो भने पनि काभ्रेका अरु नगरपालिकाहरुको तुलनामका पूर्वाधारका हिसाबले धेरै कामहरु गर्न बाँकी रहेको नगरपालिका हो मण्डनदेउपुर । यहाँ भर्खर अस्पताल बन्दै छ । नगरको प्रशासनिक भवन बन्ने क्रममा छ । वडा कार्यालयहरुदेखि धेरै कार्यालयहरु भाडामा संचालित छन् । एम्बुलेन्सको पर्यााप्तता छैन । डढेलो र आगलाजी जस्ता विकराल समस्या समाधानका लागि दमकलको व्यस्था छैन । नगरमा एकिकृत खालको प्रहरी कार्यालय छैन । एउटा नगरमा ५ तिरको अस्थायी प्रहरी पोष्टमार्फत काम गर्नुपर्ने वातावरण छ । बाटाघाटा वर्षतमा हिलाम्बै र हिंउँदमा धुलाम्मै हुने अवस्था कायमै छ । वर्षै साल त्यहि पूरानै सडकको मर्मत र ग्राभेलका नाममा पैसा राख्ने चलन छ । दीर्घकालिन योजना र सोचका साथ कामहरु नगरिंदा विकासे बजेटको खासै प्रभावकारिता देखिन सकिरहेको छैन । असार मशान्त सम्ममा ग्राभेल हुने र भदौ नसकिंदै जस्ताको त्यस्तै हुने दूरावस्था कायमनै छ । यावत कारणले गर्दा काभ्रेका सबै नगरपालिकाहरुमा भन्दा विल्कुल फरक खालको कार्यक्रम “मण्डन शहरी विकास”को अवधारणा अगाडी सारिएको हो । माथि उल्लेखित सबै खालका कामहरु गर्न एकै वर्षमा र एउटै आर्थिक वर्षको सिमित बजेटले सम्भवपनि छैन ।
जिल्लाकै पूराना नगरपालिकाहरुको सन्दर्भमा कुरा गर्ने हो भनेपनि एक दुई साल अगाडीबाट जम्माजमी ४÷५ करोडको बजेटबाट शुरु गरिएका शहरी विकास र पूर्वाधारका कार्यक्रमहरु आज अरबौं र त्यति मात्र नभएर स्मार्ट सिटीको तहमा पुग्न थालेको छ । मण्डनदेउपुरले ठ्याक्कै त्यसलाई जस्ताको त्यस्तै पछ्याउने भन्दापनि यहाँको भूगोल र माटो सुहाउँदो विकासे मर्ग चित्र कोर्न ढिला भैसकेको छ ।
त्यसैले यस आर्थिक वर्षबाट ३ करोड बजेट मार्फत “मण्डन शहरी पूर्वाधार” अन्तर्गत यी सबै विषय वस्तुहरु समेटीे दीर्घकालिन सम्भाब्यता अध्ययनको सशक्त थालनी हुने छ । प्रारम्भिक रुपमा ३÷४ करोड मात्र बजेटबाट शुरु गरी आगामी आर्थिक वर्षहरुमा यसको क्षेत्र र दायरा फराकिलो पार्दै ५ देखि १० वर्ष भित्रमा मण्डनदेउपुर नगरपालिकालाई भाषणबाजीको कान्छो नगरपालिकाबाट माथी उठाई हामी काभ्रेका ६ ओटा नगरपालिकाहरु मध्येको एक भन्ने दिसामा यस नगरलाई अगाडी वडाउने “मण्डन शहरी विकास” जस्तो महत्वपूर्ण कार्यक्रम अगाडी सार्नु भएकोमा नेपाल सरकारका पूर्व प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्रि माननीय गोकुल बास्कोटालाई हार्दिक धन्यवाद दिन चाहन्छौं । आशा गरौं, उनको त्यसखालको मार्ग चित्रमा टेक्दै अगाडी वढ्न सके हामी मण्डनदेउपुर बासीको विकासले समुच्च गति लिने छ । जय मण्डनदेउपुर । जय “मण्डन शहरी पूर्वाधार”।