बनेपा, नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा काभ्रेका दुवै क्षेत्र सानदार तरिकाले जितिने दावी गर्नुभएको छ । प्रेस चौतारी नेपाल काभ्रेले शुक्रबार बनेपामा आयोजना गरेको सदस्यता वितरण तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता बाँस्कोटाले एमालेको थालमा खाएर त्यहि थालमा फोहोर गर्नेहरुले एमाले नबनाएको बताउनुभयो ।
पूर्व मन्त्री गोकुल बाँस्कोटाले दु्ई तिहाई नजिकको सरकार आफ्नै पार्टीको विवादका कारण हट्नु परेको बताउँदै झुम्राहरु बटुलेर बनाएको पुतली सरकार पुरा समय टिक्नु भन्दै पाँच वर्षलाई स्थायी सरकार बन्ने जनताका बीचमा गरिएको बाचा पार्टी भित्रकै अवरोधका कारण पुरा हुन नसकेको बताउनु भयो ।
काभ्रेपलाञ्चोक जिल्लाको विकासका लागि केपी ओली नेतृत्वको सरकारले विनियोजन गरेको बजेटको प्रशंशा गर्दै बाँस्कोटाले परमादेशद्वारा लोटरी लागेर बनेको काँग्रेस नेतृत्वको सरकारले थप बजेट विनियोजनका लागि सुझाव दिनु भयो । महाभारत ट्रेल, मदन भण्डारी विश्वविद्यालय, सुर्यविनायक धुलिखेल सडक खण्ड र धुलिखेल दोलालघाट सडक खण्ड, काभ्रेका महत्वपूर्ण परियोजना अन्र्तगत ललितपुर लाकुरीभन्ज्याङ्ग नमोबुद्ध सडक, बनेपा पनौती खोपासी सडक तथा अन्य पूर्वाधारहरु, खानेपानी, शिक्षा, स्वास्थ्य, सिंचाई, विद्यालय निमार्णमा उल्लेख्य प्रगति भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेता बाँस्कोटाले बरिष्ठ नेता नेपालले माग गरे अनुसारको २०७५ जेठ २ गतेमा फर्कने लगायतका मागहरु पुरा गरेको बताउँदै पावर शेयरिङको विषयमा विधि, विधानमा उल्लेख नभएको दोस्रो अध्यक्ष नदिइने बताउनुभयो । उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा एमसिसिको अर्को आलोचना गर्ने प्रचण्ड तथा पार्टीभित्र कै केही नेताहरु एमसिसिको बारेमा के प्रतिक्रिया दिन्छन् भन्ने हेर्न बाँकी रहेको बताउनुभयो ।
बाँस्कोटाले एमाले काभ्रेको अध्यक्ष अशोक ब्याञ्जु मात्रै हो, कसैलाई भ्रम नहोस’–नेता बाँस्कोटाले भन्नुभयो’–धमाधम संगठित सदस्य नविकरण शुरु भएको छ । ६० जनाको कमिटीले गरेको निर्णय अबैद्यानिक भएर ३ जनाको कमिटी बैधानिक हुन्छ ?’ माधव नेपाल आएर तीन जनाको बैठक बस्नु पर्ने कस्तो बाध्यता ? त्यो पनि एमालेका कार्यकर्ताहरुसँग डराएर लुक्नु पर्ने ?
कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्र लामाले काभ्रेको विकासका लागि संघ र प्रदेश सरकारबाट विनियोजन बजेट पर्याप्त भएको बताउनु भयो । न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले पत्रकारिता आचारसंहिता मिचेर कुनैपनि सञ्चारकर्मीले काम गर्न नहुने बताउँदै श्रमजीवि पत्रकारलाई तोकिएको न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराउन दत्तचित्त रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठ, खानीखोला अध्यक्ष कृष्ण खुलाल, मण्डन देउपुर नगरपालिका उपप्रमुख निर्मला शाही, बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, चौतारी काभ्रेका संस्थापक अध्यक्ष सुरेश हुमागाई, नेपाल पत्रकार महासंघ काभ्रे शाखा उपाध्यक्ष विनोद न्यौपाने, चौतारीका जिल्ला सह संयोजक रामसुन्दर आचार्य, सचिव जगत तामाङ लगायतले बोलेको कार्यक्रम प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा भएको थियो ।