प्रभात बचतमा सर्वसम्वत नेतृत्व चयन

प्रभात बचतमा सर्वसम्वत नेतृत्व चयन

बनेपा, बनेपामा २०६५ सालमा स्थापना भएको प्रभात बचत तथा ऋण सहकारी संस्था लि.को तेह्रो वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शनिबार बनेपामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सागरनाथ कपालीले दिप प्रज्ज्वलन गरि उद्धाटन गरेको कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाईं, मणिराम दाहाल, निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र दाहाललगाएतको आतिथ्यता रहेको थियो ।
संस्थाका उपाध्यक्ष फिरोज शाक्यको स्वागत मन्तव्य र सचिव सुमन चौ प्रधानको सञ्चालनमा भएको कार्यक्रममा सचिवको प्रतिवेदन सचिव सुमन चौ प्रधानले, कोषाध्यक्ष बलराम श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा संयोजक भरत दाहालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
संस्थाको साधारण सभाबाट पुनः सागरनाथ कपालीको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ समिति सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा फिरोज शाक्य, सचिवमा सुमन चौ प्रधान, कोषाध्यक्षमा बलराम मानन्धर र सदस्यहरुमा पूर्णिमा प्रधानाङ्ग, सञ्जयप्रकाश प्रधान र सरस्वती तौजले श्रेष्ठ तथा लेखा सुपरीवेक्षण समिति संयोजकमा भरत दाहाल र सदस्यमा प्रदीप प्रधान र धनबहादुर कर्माचार्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *