माओवादी केन्द्रका अध्यक्षसहित एमाले प्रवेश


बनेपा, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक प्रदेश सांसद ठम्मर बहादुर विष्ट एमालेमा प्रवेश गरेकै दिन हिजो काभ्रेमा पनि ठुलो संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन ।

पछिल्लो समय देशभर एमाले रोज्ने क्रम बढीरहेको छ । जुन क्रम काभ्रेमा पनि निरन्तर भैरहेको छ । यहि क्रममा हिजो मात्रै नेकपा माओवादी केन्द्र रोशि गापाका अध्यक्ष डिल्लीप्रसाद रेग्मी सहितको सयौको टिम एमाले प्रवेश गरेका छन । साथै नेकपा समाजबादी जिला सदस्य चोत्र बहादुर सारु र मेघबहादुर राना एवं पालिका सचिब गङ्गाराम राना तथा रोशी ९ को नेकापा एसको सिङ्गै टिम सहित सयौंकोको संख्यामा रजवासमा आयोजित एक कार्यक्रममा एमाले प्रवेश गरेका हुन । उहाँहरुलाई नेकपा एमाले पोलिटब्यूरो सदस्य, काभ्रे ईञ्चार्ज गोकुल बाँस्कोटालगाएतका नेताहरुले स्वागत गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *