भयो क्युपेक काभ्रेको जिल्ला अधिवेशन

बनेपा, जिफन्ट आवद्ध क्युपेक नेपाल जिल्ला कमिटि काभ्रेको सातौं जिल्ला अधिवेशन शनिबार बनेपामा सम्पन्न भएको छ ।
अध्यक्ष बलबहादुर लोको अध्यक्षता र क्युपेकका केन्द्रिय प्रतिनिघि परिषद प्रमुख नरनाथ लुईटेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब के.सी, क्युपेकका केन्द्रिय अध्यक्ष शान्ता बस्नेत, केन्द्रिय सदस्यहरु साबित्री रोक्का, धर्ममाया घिमिरे, काठमाडौं अध्यक्ष टेक बहादुर कार्की, ललितपुर अध्यक्ष भुपजित राई, भक्तपुर अध्यक्ष सुरेश मधिकर्मी, एमाले जिल्ला सदस्य बिष्णु मिजार, जिफन्ट मण्डनदेउपुर अध्यक्ष हरिचन्द्र भण्डारीलगायतले बोलेका थिए ।
सचिव अर्जुन बहादुर लामाको सञ्चालन र कोषाध्यक्ष राम बहादुर गोलेले स्वागत गरेको अधिवेशनको बन्द सत्रले जिल्ला प्रतिनिधि परिषद प्रमुखमा बलबहादुर लो र उप–प्रमुखमा एविन्द्र्र श्रेष्ठ रहने गरी राम बहादुर गोलेको अध्यक्षतामा १९ जनाको नयाँ कमिटी चयन गरेको छ । जस अनुरुप उपाध्यक्षमा सोम बहादुर कार्की, सचिवमा अर्जुन बहादुर लामा, सह–सचिवमा हिरालाल श्रेष्ठ कोषाध्यक्षमा कमला तामाङ र सदस्यहरुमा नवराज श्रेष्ठ, सुनिल शर्मा, कृष्णमुरारी आचार्य, मनमती श्रेष्ठ, सजना गोले, धुब्र कुमार श्रेष्ठ, रुपक उप्रेती, बिष्णु प्रसाद अधिकारी, सजनी काफ्ले, धनकुमारी श्रेष्ठ, श्याम कृष्ण श्रेष्ठ, साहिला तामाङ, मधुकर श्रेष्ठ र भिम बहादुर तामाङ रहेका छन । भने सल्लाहकारहरुमा कृष्ण मानन्धर, राजभाई मानन्धर, श्याम प्रसाद श्रेष्ठ र राम शरण श्रेष्ठरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *