काभ्रेका ७०१ पदमध्ये कुन दलको को–को बने जनप्रतिनिधि ?

बनेपा, स्थानीय तह निर्वाचन २०७९ मा काभ्रेमा ७०१ पदमध्ये ७०० पदमा जनप्रतिनिधि निर्वाचित भएका छन् । एकजना दलित महिला सदस्य बाहेक सबै पदमा जनप्रतिनिधि निर्वाचित भएका हुन् ।

काभ्रेका १३ वटा पालिकामा कुल १३५ वटा वडा रहेका छन् । यी वडामा वडाअध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुईजना सदस्यका दरले कुल ६ सय ७५ पद रहेको छ । यस्तै १३ पालिकामा प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष गरी २६ पद रहेको छ ।

कुल ७०१ मध्ये जिल्लामा पाँच दलीय गठवन्धनका नेतृत्व गरेको नेपाली कांग्रेसबाट ३ सय १४ जना निर्वाचित भएका छन् । यस्तै नेकपा एमालेबाट २ सय ४५, नेकपा माओवादी केन्द्रबाट १ सय १२ जना निर्वाचित हुँदा नेकपा एसबाट २१, ७ जना स्वतन्त्र र राप्रपाबाट एक जना वडा अध्यक्ष निर्वाचित भएका छन् ।
जिल्लामा मतको आधारमा नेकपा एमाले पहिलो स्थानमा रहे पनि पद संख्याको आधारमा कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो र नेकपा एस चौंथो स्थानमा रहेका छन् ।

को–को भए पालिका प्रमुख÷उप–प्रमुख र वडा अध्यक्ष ?

पालिका प्रमुख÷उप–प्रमुख तर्फ काभ्रेको १३ स्थानीय तहमध्ये बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य नेपाली कांग्रेस, उपप्रमुख विमला सापकोटा दाहाल–नेपाल कम्युनिष्ट पार्टी (एमाले), धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ–नेपाल कम्युनिष्ट पार्टी (एमाले), उपप्रमुख निराजन जंगम–नेपाली कांग्रेस, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, नेपाली कांग्रेस, उपप्रमुख गीता बन्जारा,–नेपाल कम्युनिष्ट पार्टी (एमाले), पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, उप–प्रमुख सुर्यमाया दनुवार,–नेपाल कम्युनिष्ट पार्टी (एमाले) । नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा – नेपाली कांग्रेस, उपप्रमुख रत्नबहादुर लामा–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर तामाङ – नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), उपप्रमुख विष्णुमणी नेपाल–नेपाली कांग्रेस, खानीखोला गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर थिङ, – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), उपाध्यक्ष, दोर्जेमान जिम्वा– नेपाली कांग्रेस, । चौरी देउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं,– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), उपाध्यक्ष, शेरबहादुर लामा– नेपाली कांग्रेस । तेमाल गाउँपालिका, अध्यक्ष, चन्द्रबहादुर तामाङ,– नेपाली कांग्रेस, उपाध्यक्ष दलमान थोकर– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), उपाध्यक्ष जितेन्द्रमान तामाङ,– नेपाली कांग्रेस, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी नेपाली कांग्रेस,
उपाध्यक्ष तारा राना तिमल्सिना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा,– नेपाली कांग्रेस, उपाध्यक्ष मिमबहादुर वाईवा,– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वा,– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), उपाध्यक्ष सागर मोक्तान– नेपाली कांग्रेस ।
१३५ वडामा कसले कहाँ जित्यो ?
काँग्रेस – ६१
एमाले – ४३
माओबादी केन्द्र – २४
स्वतन्त्र – २
समाजबादी – ४
राप्रपा १
धुलिखेल वार्ड १ – नेपाली काँग्रेस – सन्तबहादुर लामा, वार्ड २ – नेकपा एमाले – अर्जुन न्यौपाने, वार्ड ३ – नेकपा एमाले – गणेश आचार्य, वार्ड ४– नेपाली काँग्रेस – उत्तम तिमल्सिना, वार्ड ५ – नेकपा एमाले – प्रमोद श्रेष्ठ, वार्ड ६ – नेपाली कांग्रेस – सञ्जय कोँजु, वार्ड ७ – राप्रपा (हलो) – रोमीप्रसाद ब्याञ्जु, वार्ड ८ – नेपाली काँग्रेस – विनोद गौतम, वार्ड ९ – नेपाली काँग्रेस– बद्री हुमागाई, वार्ड १० – नेपाली काँग्रेस – गोविन्द भण्डारी, वार्ड ११ – नेकपा एमाले– नारायण बडाल, वार्ड १२ – नेकपा एमाले– मोहन लामिछाने ।

बनेपा वार्ड १ – नेकपा एमाले – कमल घिमिरे, वार्ड २ – नेपाली काँग्रेस – रामप्रसाद घिमिरे, वार्ड ३ – नेपाली काँग्रेस – रमेश दाहाल, वार्ड ४ – नेकपा एमाले – श्याम श्रेष्ठ, वार्ड ५ – नेकपा एमाले – बलराम अधिकारी, वार्ड ६ – एकीकृत समाजबादी – सचितानन्द केसी, वार्ड ७ – नेपाली काँग्रेस – हिटलर शाक्य, वार्ड ८ – नेपाली काँग्रेस – शुभलक्ष्मी मानन्धर, वार्ड ९ – नेपाली काँग्रेस – नृपेश बादे, वार्ड १० – नेकपा एमाले – चन्द्रबहादुर खड्का, वार्ड ११ – नेकपा एमाले – शिवकुमार थापा, वार्ड १२ – नेकपा एमाले– रामबहादुर कुँवर, वार्ड १३ – नेकपा एमाले– राम दुवाल, वार्ड १४ – नेपाली काँग्रेस– टुल्कु लामा ।
पनौती वार्ड १ – नेपाली काँग्रेस – जयबहादुर लामा, वार्ड २ – नेकपा एमाले – पुरुषोतम अधिकारी, वार्ड ३ – नेकपा एमाले – विष्णुप्रसाद सापकोटा, वार्ड ४ – नेकपा एमाले – दिपकप्रसाद दाहाल, वार्ड ५ – नेपाली काँग्रेस – विनोद खत्री, वार्ड ६ – नेकपा एमाले – भिमसेन बञ्जारा, वार्ड ७ – नेकपा एमाले – सविन ताम्राकार, वार्ड ८ – नेकपा एमाले – बेदप्रसाद बञ्जारा, वार्ड ९ – नेपाली काँग्रेस– सहकुल हुमागाई, वार्ड १० – नेपाली काँग्रेस– मोहन भण्डारी, वार्ड ११ – नेकपा एमाले– विपिन लामा, वार्ड १२ – नेकपा एकिकृत समाजबादी – जयराम केसी ।
मण्डनदेउपुर वार्ड १ – नेकपा एमाले – शिवप्रसाद ढकाल, वार्ड २ – नेपाली काँग्रेस – राजकुमार मल्ल, वार्ड ३ – नेपाली काँग्रेस – पुरुषोतम बजगाई, वार्ड ४ – नेकपा एमाले – मैते सिं तामाङ, वार्ड ५ – नेकपा एमाले – हर्क घिमिङ्ग, वार्ड ६ – नेपाली काँग्रेस – कुमार ढकाल, वार्ड ७ – नेकपा एमाले – विष्णु पौडेल, वार्ड ८ – नेकपा माओवादी केन्द्र – निरञ्जन विस्ट, वार्ड ९ – नेपाली काँग्रेस – सिताराम श्रेष्ठ,वार्ड १० – नेपाली काँग्रेस– कुमार मोक्तान, वार्ड ११ – नेपाली काँग्रेस– दिपेन्द्र लामा, वार्ड १२ – नेपाली काँग्रेस– राजकुमार पराजुली ।

नमोबुद्ध वार्ड १ – स्वतन्त्र – प्रेम लामा, वार्ड २ – नेपाली काँग्रेस – कविराज श्रेष्ठ, वार्ड ३ – नेपाली काँग्रेस – रमेश तिवारी, वार्ड ४ – नेकपा एमाले – अर्जुन कार्की, वार्ड ५ – नेपाली काँग्रेस – सुर्य तामाङ, वार्ड ६ – नेपाली काँग्रेस – अर्जुन केसी, वार्ड ७ – नेकपा माओवादी केन्द्र – धर्म सिं लामा, वार्ड ८ – नेकपा एमाले – शेरबहादुर लामा, वार्ड ९ – नेपाली काँग्रेस – विरबहादुर लामा, वार्ड १० – नेकपा माओवादी केन्द्र– रामकृष्ण अधिकारी, वार्ड ११ – नेकपा एमाले– कृष्णबहादुर तामाङ ।
पाँचखाल वार्ड १ – नेकपा माओवादी केन्द्र – जयबहादुर तामाङ, वार्ड २ – नेपाली काँग्रेस – रामेश्वर दाहाल, वार्ड ३ – नेपाली काँग्रेस – सुन्दर अधिकारी, वार्ड ४ – नेपाली काँग्रेस – सुन्दर लामा, वार्ड ५ – नेकपा एमाले – सिताराम ढुंगाना, वार्ड ६ – नेकपा समाजबादी – रामशरण दुलाल, वार्ड ७ – नेपाली काँग्रेस – रामशरण दंगाल, वार्ड ८ – नेपाली काँग्रेस– संजय लामा, वार्ड ९ – नेकपा एमाले – रामकाजी श्रेष्ठ, वार्ड १० – नेकपा एमाले– नारायणप्रसाद सापकोटा, वार्ड ११ – नेपाली काँग्रेस – हिराकाजी लामा, वार्ड १२ – नेपाली काँग्रेस–ज्ञानबहादुर दनुवार, वार्ड १३ – नेपाली काँग्रेस – सुकविर तामाङ ।
भुम्लु वार्ड १ – नेकपा माओवादी केन्द्र– लेखनाथ न्यौपाने, वार्ड २ – नेपाली कांग्रेस – सुजन भण्डारी, वार्ड ३ – नेकपा एमाले – ज्ञानुबहादुर तामाङ, वार्ड ४ – नेकपा एमाले – लोकबहादुर कुँवर, वार्ड ५ – नेपाली काँग्रेस – अञ्चलकुमार लामा, वार्ड ६ – नेकपा एमाले – भरत शिवभक्ति, वार्ड ७ – नेकपा एमाले – रमेश खरेल, वार्ड ८ – नेकपा समाजबादी – मोतीलाल तामाङ, वार्ड ९ – नेपाली काँग्रेस – दलबहादुर तामाङ, वार्ड १० – नेकपा एमाले– केशरमान तामाङ ।

चौंरीदेउराली वार्ड १ – नेपाली कांग्रेस – शुशिल लामा, वार्ड २ – नेकपा एमाले – छत्रबहादुर प्रधान, वार्ड ३ – नेकपा माओवादी केन्द्र– चित्रप्रसाद चौलागाई, वार्ड ४ – नेकपा माओबादी केन्द्र – रामप्रसाद चौलागाई, वार्ड ५ – नेकपा माओबादी केन्द्र – कृष्णप्रसाद केदार गौतम, वार्ड ६ – नेपाली काँग्रेस – किशोरराज गिरी, वार्ड ७ – नेपाली काँग्रेस– चन्द्रराज लामा, वार्ड ८ – नेकपा माओबादी केन्द्र – धनबहादुर लामा, वार्ड ९– नेकपा माओबादी केन्द्र–राम लामा ।
रोशी वार्ड १– नेकपा एमाले – श्रीदास लामा, वार्ड २ – नेपाली काँग्रेस – हस्तमान लामा, वार्ड ३ – नेकपा एमाले – धनजित लामा, वार्ड ४ – नेकपा एमाले– तेजबहादुर राना, वार्ड ५ – नेकपा एमाले – निरध्वज लामा, वार्ड ६ – नेपाली काँग्रेस – नारायणबहादुर शिवाकोटी, वार्ड ७ – नेकपा माओवादी केन्द्र – अशोक गौतम, वार्ड ८ – नेकपा माओवादी केन्द्र – जितबहादुर लामा, वार्ड ९ – नेकपा एमाले – शिशिर दोङ, वार्ड १० – नेपाली काँग्रेस– विकेन लामा, वार्ड ११ – नेपाली काँग्रेस– लालकुमार पाख्रिन, वार्ड १२ – नेपाली काँग्रेस – बसन्त मोक्तान ।
महाभारत वार्ड १ – नेकपा माओवादी केन्द्र – कान्छामान जिम्बा, वार्ड २ – नेपाली काँग्रेस – पदमबहादुर मोक्तान, वार्ड ३ – नेपाली काँग्रेस– कार्साङ बल, वार्ड ४ – नेकपा माओबादी केन्द्र – विशाल मोक्तान, वार्ड ५ – नेकपा माओवादी केन्द्र – विजय राना मागर, वार्ड ६ – नेकपा माओवादी केन्द्र – रमेश लुङ्गेली, वार्ड ७ – नेपाली काँग्रेस– खड्गबहादुर श्रेष्ठ, वार्ड ८– नेकपा माओवादी केन्द्र – टंक आले ।
खानीखोला वार्ड १ – नेकपा माओवादी केन्द्र – सञ्चमान थिङ, वार्ड २ – नेपाली कांग्रेस – दशरथ थिङ्ग, वार्ड ३ – नेकापा माओवादी केन्द्र – सागर तामाङ, वार्ड ४ – नेकपा माओबादी केन्द्र – विशाल मोक्तान, वार्ड ५ – नेकपा माओवादी केन्द्र – बुद्धीबहादुर स्याङतान, वार्ड ६ – नेपाली काँग्रेस – बृहस्पति घिसिङ्ग, वार्ड ७ – नेकपा एमाले – रामबहादुर मोक्तान ।
तेमाल वार्ड १ – नेकपा एमाले – इन्द्रप्रसाद अधिकारी, वार्ड २ – नेकपा माओवादी केन्द्र – देवराज लामा, वार्ड ३ – नेपाली काँग्रेस – विष्णुबहादुर तामाङ, वार्ड ४– नेकपा एमाले – पेम्बा लामा, वार्ड ५ – नेकपा माओवादी केन्द्र – हजार सिं लामा, वार्ड ६ – नेकपा माओवादी केन्द्र – प्रेमबहादुर लामा, वार्ड ७ – नेपाली काँग्रेस – इन्द्रलाल तामाङ, वार्ड ८ – नेपाली काँग्रेस – तेमाल सिं तामाङ, वार्ड ९ – नेकपा माओवादी केन्द्र– चन्द्रबहादुर तामाङ ।
बेथानचोक वार्ड १– नेपाली कांग्रेस – मधुसुदन तिमल्सिना, वार्ड २ – नेपाली कांग्रेस – पुरुषोतम तिमल्सिना, वार्ड ३ – नेपाली काँग्रेस – कुवेर ढकाल, वार्ड ४ – नेपाली काँग्रेस – कृष्णबहादुर पाख्रिन, वार्ड ५ – स्वतन्त्त – राजकुमार वाईवा, वार्ड ६ – नेपाली काँग्रेस – विष्णु तामाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *