एमाले जिताउन लागे मजदुरहरु


बनेपा, नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) काभ्रेमा आवद्ध अगुवा मजदुरहरुको शनिबार सम्पन्न भेलाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेलाई जिताउन १ सय ११ जना मजदुर परिचालन कमिटी निर्माण गरेको छ ।

मजदुर नेता केशवमणी पौड्याल प्रतिनिधि सभा २ सहित काभ्रे जिल्ला संयोजक र बिदुर खत्री प्रतिनिधि सभा १ सहित पनौति नगर भुगोलको जिम्मेवारी तोकिएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रदेश सभा २ ख का उमेद्वार कुमार थापा र अतिथिकारूपमा एमाले जिल्ला सचिवालय सदस्य हरिशरण दाहाल, रा.वा.वैङ्क कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष बद्री तिमल्सिना, मजदुर नेताहरू मोहन गजुरेल, वल वहादुर लो, शान्ति थापा कार्की, वेदप्रसाद घिमिरे, कृष्ण मानन्धर, उद्दव प्याकुरेल लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *