अबदेखि ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने

बनेपा, अबदेखि ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने भएको छ । यस अघि १०० अंक अनिवार्य थियो । जुन प्रणालीको केहि दिन अघि बागमति प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गरेका छन । यातायात अनुमति प्रयोगात्मक परिक्षामा नयाँ बिधि स्कुटर, मोटरसाइकल र हलुका सवारि साधनको ७०% कार्यक्रमको भक्तपुरको राधे राधेमा रहेको स्पटमा आयोजित कार्यक्रममा मुख्य मन्त्री बागमति प्रदेशका मुख्य सचिव मुकुन्द निरौला लगायत बिभिन्न कार्यालयका कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्य मन्त्री जमरकट्टेलले समय सापेक्ष र बैज्ञानिक नतिजाको आधारमा यो नियम ल्याइएको हो अबका दिनमा गलत मनसायले सेवाग्राहिले बिकल्प नखोजुन र चालक बन्न अनुमती पत्र अनिवार्य लिने वातावरण बन्ने अपेक्षा लिइएको बताए । आगामि दिनमा सडक सुरक्षा दुर्घटना न्युनिकरण लगायतमा ज्यादा सतर्क हुन समेत मन्त्री जमरकट्टेलले सम्बन्धित निकायमा आग्रह गरेका छन । सोहिदिनबाट ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थीहरु उतिर्ण हुने सुबिधा सहितको ट्रायल शुरुवात भएकोे राधे राधे यातायात कार्यालयका शाखा अधिकृत बिनोद बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार नयाँ व्यवस्थामा–ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेडचालकका लागि घुमाउरो ८ (एट) आकार को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक पाँच अंकका दरले १० अंकभार घट्नेछ, तर पनि ट्रायल भने फेल भइँदैन ।

यस्तै, दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ । यसैगरी, साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्किए पनि अनुत्तीर्ण हुनेछन । निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *