कुन्ताबेशी, नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले देश विग्रन नदिने बताएका छन । पार्टीको पुष्पलाल लोकमार्ग केन्द्रित झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राको क्रममा काभ्रेको मण्डनदेउपुरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै हिजो उनले एमाले सरकारबाट बाहिरिँदा समृद्धिको यात्रा ओरालो लागेको बताए ।
नेकपा एमालेले ३ वर्ष सरकारमा रहँदा गरेको काम गठबन्धनले ३० वर्षमा पनि गर्न नसक्ने भन्दै उनले गठबन्धनले देशलाई बर्बादीतर्फ लगेको आरोप लगाए । मण्डनदेउपुर र पाँचखाल क्षेत्रमा सिँचाईको लागि आवश्यक काम अघि बढाउने ओलीले आश्वासन दिएका छन । नेकपा एमालेले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाएर हिँडेको भन्दै उनले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन । उनले राष्ट्रिय हितको लागि नेकपा एमालले संकल्प यात्रा तय गरेको बताए ।
देशमा यूवाशक्तिलाई टिकाउन उद्यमसिलता उन्नत कृषि, व्यवसायिकिकरण, विकासमूखी र प्रविधिको उच्चत्तम प्रविधिको प्रयोगले मात्रै संभव रहेको बताएका छन् । ओलीले संकल्पको यात्रामा आएको स्थानीय जनसमुदायको मागपत्र मार्फत आएको सबै कुरालाई बृहत ढंगले छलफल गरि पूरा गर्नेतर्फ पार्टी पंक्ति लाग्ने बताए । आफ्रले गरेको महत्वपूर्ण कामहरु स्मरण गर्दै सिंचाईको योजना, मेलम्चीको पानी देखि यावत काम सम्पन्न गरिसकेको तर खानेपानीको काम अहिले थप्प हुनु दुखद् रहेको बताएका छन् । नेकपा एमालेले बितेको दिनमा साँढे तीन बर्षको सरकारमा रहँदाको समयमा आफूले विकास निर्माणको विभिन्न खाका कोरेको त्यो मध्ये धेरै काम सम्पन्न समेत गरेको बताएका छन् । भूकम्पमा पुर्ण निर्माणको कामदेखि नयाँ रणनितिक बाटोहरु लगायत चौतर्फी काम गरेको स्मरण गर्न आब्वान समेत गरेका छन् । उत्साहपूर्ण सहभागिताले १२ औँ दिन अघि देखिको यात्रामा शुरुदेखि आफूहरु पनि हिँडी रहेको र हरेक जनताको सुझावहरु संकलन गरिरहेको बताए । उनले एमाले कसैले रोकेर रोक्न नसक्ने छेकेर छेक्न नसक्ने एकमात्रै देशको राष्ट्रवादी शक्ति भएको भन्दै एमाले एक्लैसँग कुनै पनि दल एक्लै लड्ने आँट समेत नरहेको बताउँदै मिशन ८४ले देश बर्वादीको दिशाबाट फर्किने विश्वास राख्न सबैमाझ अपिल गरे ।
कार्यक्रममलाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य तथा प्रतिनिधी सभा सदस्य तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले केपी शर्मा ओलीले देशको भूभाग र राष्ट्रियता जोगाउन खेलेको भूमिका जनताले बिर्सन नसक्ने र यो राष्ट्रीयता बचाउने हरेक सवालमा ओली नेतृत्व अडिग र प्रतिबद्ध रहेको बताए । विकास र समृद्धिको यात्राका नेकपा एमाले पार्टी लागिरहेको र त्यसमा सबै नेपालीले साथ दिएको भन्दै देशको विकास र निकास दिन केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको बताए ।
सिन्धुपाल्चोकका एमाले अध्यक्ष कमल नेपालको अध्यक्षता र काभ्रे अध्यक्ष अशोक ब्याञ्जुको संचालनमा भएको कार्यक्रममा एमाले मण्डनदेउपुरका अध्यक्ष शेरबहादुर डोटेलले स्थानिय समस्याका बारेमा जानकारी गराएका थिए । कुन्ताबेशीको कार्यक्रमपछि अध्यक्ष ओलीले साँझ अबेर अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।